मधेशी / जनजातीको अन्दोलनमा कांग्रेस नेता खड्काको सर्मथन !
नेपाली कांग्रेसका प्रभावशाली नेता एबं केन्द्रिय खुमबहादुर खड्काले उक्त अनसनमा समर्थन जनाएका छन् । नियमित स्वास्थ्य चेकजाचँका लागि भारत पुगेका खड्काले एनभीएम ग्रुपसगँ कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।
मधेस तथा जनजाती संघीय गठबन्धनका साथीहरुको अनसनलाई सरकारले गम्भिर रुपमा लिनुपर्छ ।उहाँहरुले अगाडि सारेका माग र मुद्धाबारे सरकारले वार्ता गरि निष्कर्ष निकाल्नु पर्छ ,जति ढिला गर्यो समस्या जटिल हुन्छ खड्काले भने ।
साथै गठबन्धनको अनसन तोडाउन सरकारलाई खड्काले आग्रह समेत गरेका छन् । गठबन्धनले मंगलबारदेखि रिले अनसन गरेको छन् । रिले अनसनको आज चौथो दिन हो ।
विभिन्न पार्टी, नेता, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले उक्त रिले अनसनमा समर्थन जनाएका छन् । नयाँ शक्तीका संयोजक बाबुराम भटराई ,नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादव र नागरिक समाजका अगुवाद्वय दमन नाथ ढुंगाना र डा. सुन्दर मणी दीक्षित खुला मञ्च पुगेर गठबन्धनको रिले अनसनमा ऐक्यबद्वता जनाएका थिए ।
गठबन्धनको रिले अनसन सकारात्मक रहेको भन्दै सरकारले आन्दोलनरत् पक्षको माग सम्बोधन गर्न बाध्य हुने बताएका थिए ।