Logo
६ बैशाख २०८१, बिहीबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसलाई धोका दिएका प्रचण्डलाई यस्तो चिन्ता, एमाले र माओवादी बिच मतभेद

काठमाण्डौ । नयाँ सरकार गठनको विषयलाई लिएर सत्तारुढ दुई ठूला एमाले र माओवादी केन्द्रबीच मतभेद चर्किएको छ ।

केपी ओली नेतृत्वको सरकारले संसदमा बजेट पेसगरे संगै दुई दलबीच भएको सहमति कार्यान्वयनको विषयलाई लिएर भएको विवादले ठुलारुप लिएको हो । उनीहरु बिचको विवाद भुषको आगो झै सल्किदै गएको छ ।

एमाले र माओवादी केन्द्रको झगडा बजेटलगत्तै नेकपा माओवादी केन्द्रको नेतृत्वमा नया सरकार गठनको गृहकार्य सुरु ‘भद्र सहमति’ भएको बारे एमालेले अनभिज्ञता प्रकट गरेपछि माओवादीले तीब्र असन्तुष्टी जनाएको छ । जसका कारण प्रचण्ड निरास समेत भएका छन् । नेपाली कांग्रेसलाई धोका दिएका प्रचण्ड कसरी अगाडि बढ्ने बडो चिन्तामा रहेका छन् ।

माओवादीले भने वैशाख २३ गते दुई दलबीच नौबु।दे सहमतिसंगै आफनो नेतृत्वमा सरकार बनाउने सम्बन्धी तीनबुंदे भद्र सहमति भएको दाबी गर्दै आएको छ । बजेटसंगै नया सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति भएको माओवादी दाबी छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने नेतृत्व हस्तान्तरणबारे दुई दलबीच भद्र सहमति भएकोमै अनभिज्ञता प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आप्mनै नेतृत्वको सरकारले संसदको चुनावसमेत गराउने दाबीसंगै दुई दलबीचको विवाद उत्कर्षमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएलगत्तै आप्नै नेतृत्वमा नया सरकार गठन हुने सार्वजनिक गरेका थिए । दाहालले एमालेसंगको ‘भद्र सहमति’ अनुसार आफनै नेतृत्वमा नया सरकार गठन हुने दाबी गरिरहेका बेला प्रधानमन्त्री ओलीले यही सरकार निरन्तर रहने र अर्को वर्ष संसदीय निर्वाचन सम्पन्न गराउने समेत जिकिर गरेका छन् ।

पटक पटक प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सत्ता साझेदार दल माओवादीलाई दिने भनेर कुनै ‘भद्र सहमति’ नभएको दाबी गरे । यसअघि माओवादीका विभिन्न नेताले एमालेसंग नेतृत्व हस्तान्तरणसहित तीनबुदे भद्र सहमति भएको बताएका छन् ।

यस्तो सहमतिमा ओली सरकारले बजेट ल्याएपछि दाहाल नेतृत्वमा नया सरकार गठन हुने समझदारी रहेको उनीहरुको दाबी छ । ओलीले तीनबुंदेको विषय आए पनि त्यसलाई पहिल्यै अस्वीकार गरेको जनाउदै आफनै नेतृत्व सरकारले अर्को वर्षको मंसीरमा प्रतिनिधिसभा निर्वाचन गराउने बताए ।

तत्कालका लागि सत्ता संकट टरेको अनुभवसंगै एमाले भद्र सहमतिबाट पछि हट्न लागेको भन्नेमा माओवादीले शंका व्यक्त गर्दै आएको छ । माओवादीले राष्ट्रिय सहमति सरकार गठनका लागि पहल गर्ने नभए दुई तिहाइ बहुमतको सरकार गठन गर्ने र त्यो पनि नभएमात्र बहुमतको सरकार गठनको पहल गर्ने जनाउदै आएको छ तर, एमाले बहुमतको सरकार गठनका लागि अर्को सरकार आवश्यक नभएर र नेतृत्व हस्तान्तरणको विषयमा कुनै समझदारी नभएको दाबी गर्दै आएको छ ।

नेपाली कांग्रेससंग मिलेर तत्कालीन एकीकृत नेकपा माओवादीले आफनै नेतृत्वमा नया सरकार गठन गर्ने तयारी सुरु गरेपछि एमालेले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि हालकै गठबन्धन कायम राखेर नया सरकार गठन गर्न प्रस्ताव गरेको थियो ।

माओवादीकै नेतृत्वमा बजेटपछि नया सरकार गठन गर्न एमालेको प्रस्तावपछि कांग्रेससंगको समझदारीबाट माओवादी पछि हटेको थियो । सोही भद्र सहमतिका कारण आफूसमेत संलग्न एमाले नेतृत्व सरकारलाई नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न दिइएको माओवादी नेताले दाबी गर्दै आएका छन् ।

एमाले र माओवादीबीच नौबुंदे सहमतिमा शान्ति प्रक्रियाका बाकी कामबारे पाच र संविधान कार्यान्वयनसहितका विषयमा चारबुदे सहमति भएको थियो ।

द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्ने गरी १५ दिनभित्र ऐन संशोधन गर्नेसमेत दुईदलीय सहमति थियो । सहमति भएको एक महिना बित्न लाग्दा पनि ऐन संशोधन प्रक्रिया बढेको छैन ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्