Logo
७ बैशाख २०८१, शुक्रबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् विज्ञापनबाट मोटो रकम असुली गर्ने अभिनेत्री

बलिउड अभिनेत्रीहरू विज्ञापन अभिनय गरेबापत पनि महागो पारिश्रमिक लिने गर्छन् ।
कतिपय स्टारले फिल्मभन्दा विज्ञापनबाट धेरै पैसा कमाउने गरेका छन् ।
चर्चित अभिनेता, अभिनेत्री तथा मोडलले कुनै ब्रान्डको टेलिभिजन, पेपर, अनलाइन विज्ञापनका लागि प्रतिदिन मोटो रकम माग गर्ने र प्राप्त गर्ने गर्छन् ।
भारतीय अनलाइनले तयार पारेको रिपोर्टअनुसार विज्ञापनमा महँगो  पारिश्रमिक लिने अभिनेत्री यी हुन् : – 

क्याट्रिना कैफ

क्याट्रिना कैफले एउटा विज्ञापनमा अभिनय गरेबापत कम्तीमा एक करोड भारु ‘चार्ज’ गर्ने गरेकी छिन् । उनले एक दिनको एक करोड भारु लिने गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ । फिल्म अभिनयबाट भन्दा उनले विज्ञापनबाट धेरै पैसा कमाउँछिन् । 

दीपिका पादुकोण

अभिनेत्री दीपिका पादुकोणले फिल्मभन्दा विज्ञापनमा अभिनय गरेबापत महँगो पारिश्रमिक लिने गरेकी छिन् । उनले एउटा ब्रान्डको टेलिविज्ञापनमा अभिनय गरेबापत कम्तीमा आठ करोड भारु माग गर्ने गर्छिन् । हालै उनले एउटा ब्रान्डको विज्ञापनका लागि तीन दिनको आठ करोड भारु पारिश्रमिक माग गरेकी छिन् । यस हिसाबले उनको एक दिनको पारिश्रमिक सवा चार करोड रुपैयाँ पर्न जान्छ । दीपिकाको एउटा एयरलाइन्ससँग सम्झौता हुने तयारी भएको हो । सो सम्झौता भएमा उनी शाहरुख खान, आमिर खान र सलमान खानको दाँजोमा पारिश्रमिक लिने स्टारमा पर्नेछिन् ।

 प्रियंका चोपडा

पछिल्लो समय प्रियंका चोपडाको पारिश्रमिक पनि महँगिँदै गएको छ । ‘मेरी कोम’को सफलतापछि फिल्ममा त उनले भाउ बढाइन् नै, विज्ञापन अभिनयका लागि पनि उनले आफ्नो पारिश्रमिक महँगो पारेकी छिन् । उनी एक दिनको एक करोड भारु लिने गर्छिन् । अफर आएका जति विज्ञापन भने आफूले गर्न नभ्याएको दाबी उनको छ ।

करिना कपुर

फिल्मभन्दा विज्ञापन अभिनयमा करिना कपुर अलि बढी लचिली छिन् । एउटा फिल्ममा अभिनय गरेको चार करोड भारुसम्म पारिश्रमिक लिने गरेकी उनले विज्ञापनमा अभिनय गरेको भने प्रतिदिन ५० देखि ६० लाख भारु लिने गरेकी छिन् । अलि कम पारिश्रमिक माग गर्ने भएकाले धेरैजसो ब्रान्डका विज्ञापन उनको पोल्टामा पर्ने गरेको दाबी भारतीय सञ्चारमाध्यमको छ ।

अनुष्का शर्मा

अभिनेत्री अनुष्का शर्मा पनि महँगी हिरोइनमा पर्छिन् । ‘पिके’ फिल्मको सफलताका कारण आफ्नो पारिश्रमिक रेट बढाएकी उनले कुनै पनि ब्रान्डको विज्ञापनमा अभिनय गरेबापत प्रतिदिन ५० देखि ६० लाख भारु लिने गरेकी छिन् । कतिपय कामचाहिँ आपसी सम्झौतामा हुने भएकाले सोहीअनुसार उनले ‘चार्ज’ गर्ने गरेकी छिन् । विज्ञापनले दर्शकमाझ छिटो पुर्‍याउने भएकाले आफूले सहमतिमा काम गर्ने गरेको अनुष्का बताउने गर्छिन् । 

सोनम कपुर

अभिनेत्री सोनम कपुरको फिल्ममा डिमान्ड घट्दै गए पनि विज्ञापनमा भने राम्रै माग हुने गरेको छ । उनी अभिनीत पछिल्ला फिल्मले खासै कमाल देखाउन नसके पनि विज्ञापन भने पाइरहेकी हुन्छिन् । कामको मामिलामा सहज मानिने उनी एउटा विज्ञापनमा अभिनय गरेबापत प्रतिदिन ७५ लाखदेखि एक करोड भारुसम्म पारिश्रमिक लिने गर्छिन् ।

श्रद्धा कपुर

श्रद्धा कपुर पनि महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । आफू अभिनीत अधिकांश फिल्म हिट भएकाले पनि उनको डिमान्ड बढ्दो छ । श्रद्धाले एक दिनको ६० लाख भारु तोकेकी छिन् । जति दिन बढ्दै जान्छ, सोहीअनुपातमा उनले पारिश्रमिक लिने गर्छिन् । कतिपय प्रोडक्टको विज्ञापनले जनमानसमा सही सूचना नदिने भएकाले रिजेक्ट गरेको दाबी पनि उनको छ । 

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्