Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय ब्यवस्थापनको अध्यक्ष बन्न संसदीय निर्वाचन जस्तो तड्कभड्क !


रौतहट । लामो समयदेखि स्थानिय निकायको निर्वाचन नहुदा त्यसको साइड इफक्टको रुपमा यतिबेला कुनैपनि समान्य निर्वाचन/छनोट प्रक्रियामा बिकृती नै फैलिन थालिएको छ । 
शिक्षाको स्तरमा ७५औं स्थानमा रहेका रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि स्थानीय निकायको निर्वाचन जस्तो कडा प्रतिस्पर्धा भएको छ ।  
दिनप्रति दिन शिक्षाको खस्किदै गईरहेको रौतहटमा स्वार्थ पूरा गर्ने लक्ष्यले व्यवस्थापन समितिको अध्यक्षका लागि करोडौं रुपैयाँ खर्च गर्ने परिपाटीले ठूलो विकृति बिकृती नै फैलिन थालिएको छ ।  
सहमति, सहभागिता, पारदर्शिता एवं स्तरीय शिक्षाको विकासमा सुधार ल्याउने सोच कुनै पनि राजनीतिक दलमा नदेखिएको कारण रौतहटमा शिक्षाको स्तरउन्नति हुने सम्भावना क्षीण हुँदै गइरहे पनि यस तर्फमा सकारात्मक सोच बुद्धिजीबीहरुको हुन सकेका छैन ।
जय किसान उच्च माध्यमिक विद्यालय धरहरीको व्यवस्थापन समितिको निर्वाचनले पुष्टि गरिसकेको छ कि राजनीतिक दलको भूमिका नकारात्मक रहेको छ । 
संविधान सभाको दोश्रो निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमाले पार्टीको उम्मेदवार भइ प्रतिस्पर्धामा उत्रेर पराजित भएका गाविस धरहरी निवासी हृदयनारायण साह कानुले व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । 
पूर्व प्रधानाध्यापक समेत रहेका कानुले निर्वाचनमा निकटतम् प्रतिद्वन्दी रामबाबु साह कलवारलाई ३१ मतले पराजित गर्दै निर्वाचित भएका छन् । ठेल्लो रकम खर्च भएको निर्वाचनको मतगणना सदरमुकाम गौरमा भएको थियो ।
कानुको पक्षमा ४ सय ७९ मत परेको थियो भने कलवारको पक्षमा ४ सय ४८ मत परेको निर्वाचन समितिले जनाएको छ । 
समितिको सदस्यहरुमा ४२३ मत उमा देवी, ३९३ मत शेख साह महमद, ३९० शेख सघाउ तथा ३८७ मत शुभाष प्रसाद पटेल ल्याएर विजयी भएका छन् । 
तराईका जिल्लाहरुमा सवै क्षेत्रमा राजनीतिक चहल पहल हुनु दुखद रहेको जानकारहरुको भनाइ रहेका छन् । वुद्वानहरुले विद्यालयमा कडा प्रतिस्पर्धा किन भनि प्रश्न उठाएका छन् । 
लामो लामो कुर्ता शुरुवाल लगाउने नेताहरुले शिक्षाको क्षेत्रमा सुधार गराउन पहल नगरी आफ्नो प्रतिष्ठाको विषय बनाएर विद्यालयलाइ प्रयोग गर्नु लाजमर्दो कुरो हो । 
आपनो जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, वातावारणको विकास गर्न नसकिने रौतहटका ठुलठूला नेताहरुलाई राजनीतिकवाट नैतिकताको आधारमा सन्यास लिनु पर्छ । 
लाखौं रुपैया खर्चेर विद्यालयको अध्यक्ष विजयी भए के फाइदा हुनेछ विचारणीय विषय बनेको हो ।  आफ्नो जग्गा जमिन विक्री गरि मतदाताहरुलाई रकमको प्रलोभनमा पारी आफ्नो पक्षमा मतदान गराई निर्वा्चित हुने व्यक्तिले के साचिकै शिक्षाको विकास गर्लान त रु विद्यालयको विकास हुन्छ रु दक्ष अनुभवी शिक्षक शिक्षिकाको व्यवस्थापन गर्न सकिन्छ रु जटिल विषय रहेका छन् ।
सहमतिमा योग्य शिक्षित व्यक्तिलाई अध्यक्ष बनाउदा गुणात्मक शिक्षाको विकास हुने पुर्व शिक्षक हरुको तर्क रहेका छन् । राकेश यादवको सहयोगमा 

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्