Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रिकालाई लक्षित गरी आक्रमण , प्रेस मञ्चद्वारा प्रेस विज्ञप्ति जारी

नेपालगंज । नेपालगंजस्थित न्यूज यथार्थ साप्ताहिक पत्रिकालाई लक्षित गरी भइरहेको आक्रमण प्रति प्रेस मञ्चले आपत्ति जनाएको छ । मञ्चले बिहीबार विज्ञप्ती जारी गरी मञ्चले पत्रिकाको कार्यालयमाथि लगातार भइरहेका आक्रमणको निन्दा गरेको हो ।
नेपालगंजबाट नियमित प्रकाशित हुदै आईरहेको प्रेस मञ्च नेपालका केन्द्रिय सह–महासचिव आशिष गुप्ता सम्पादक रहेको न्यूज यथार्थ सप्ताहिक पत्रिकालाई लक्षित गरि झण्डै तीन हप्ता अघिदेखि सो पत्रिकाको कार्यालय रहेको भवनमा निरन्तर ढुुंगा, इटा प्रहार भैरहेको छ । 
पत्रिकाका सम्पादक लगायत उनका परिवार सदस्यहरुलाई अश्लिल गाली गलौज र अक्रमणको धम्कीका कारण उक्त पत्रिका तीन हप्तादेखि प्रकाशन हुन नसेको घटनाप्रति मञ्चको ध्यानाकर्षण भएको हो ।
बिज्ञप्तीमा उल्लेख भए अनुसार कार्यालय अगाडीको सडक चौडा गर्ने बहानामा नेपालगंज उपमहानगरपालिकाद्वारा निर्धारित मापदण्ड बिपरित आफ्नो घर कटान गर्न लागेको भन्दै उक्त कार्यालय रहेको भवनमा मालिक अशोक कमुार गुप्ताको निवेदन बमोजिम पुनरावेदन अदालतले घर कटान नगर्न परमाआदेश जारी गरेको हो । 

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्