Logo
८ बैशाख २०८१, शनिबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने ‘म त भद्र नै छु, ओलीजी पनि भद्र हुनुपर्छ’

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गरेका छन । 
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र आफूहरुबीच हल्ला गरिएजस्तो भद्र सहमति नभएको बताए । ‘म त भद्र नै छु । ओलीजी पनि भद्र हुनुपर्छ प्रचण्डले भने, मलाई लाग्छ समय आएपछि ओलीजी पनि भद्र हुनुपर्छ ।’ 
सरकारले स्थानीय निर्वाचनको मिति हतारमा तोकेकोमा आपत्ति जनाए । ‘राष्ट्रिय सहमतिको सरकारबिना स्थानीय, प्रदेश र संघको चुनाव सम्भव छैन्,’ उनले भने, स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन पनि बुझाउन बाँकी छ । 
प्रेस सेन्टर नेपाल सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु एउटा सरकार गिराउने र अर्को बनाउने खेलमा नलाग्ने बताए ।
‘माओवादीको ध्यान संविधान कार्यान्वयन, मधेस समस्याको समाधान र विकास निर्माणमा केन्द्रित छ’ उनले भने । उहाँकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भनेपनि आफुहरुलाई मान्य हुने उनले बताए । 
‘ओलीजीकै नेतृत्वमा राष्टिय सहमतिको सरकार बन्छ भनेपनि आपत्ति छैन्,’ उनले भने, ‘संविधान कार्यान्वयन लगायत मुलुकमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको विकल्प छैन् ।’ 

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्