Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले देउवालाई भन्यो, ‘बोल्दा ध्यान पुर्‍याउनू’

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयविरुद्ध बोल्दा ध्यान दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।
देउवाको नाम नलिई सहप्रवक्ता विश्वराज पौडेलले न्यायपालिकाको नितान्त आन्तरिक व्यवस्थापनको विषयमा जिम्मेवार नेताबाट आएको अभिव्यक्तिको ध्यानाकर्षण भएको जनाएका छन् ।
सिफारिस गरिएका ११ जना न्यायाधीशविरुद्धको मुद्धा पेसी नचढाएको भन्दै देउवालाई केही दिनअघि पार्टी निकट कानुन व्यवसायीसँग सर्वोच्च अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए ।
‘समग्र वस्तु तथ्यप्रति राजनीतिक दलका नेतृत्व तहमा रहनुभएका व्यक्तित्वहरु स्वभाविक र समुचितरुपमा सूसुचित र जानकार हुनुहुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘राज्यको प्रमुख तीन अंगमध्येको एक अंगकोरुपमा रहेको न्यायपालिकालाइ सबल र सक्षम तुल्याउनु हामी सबैको कर्तव्य हो ।’
सर्वोच्चले अदालतमा अहिले करिव २२ हजार मुद्धा विचाराधिन रहेको र तीमध्ये १० हजार दुई वर्षभन्दा पुराना रहेको जनाएको छ । २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा अहिले ९ जनामात्रै न्यायाधीश छन् ।
सर्वोच्च अदालतले मुद्धाको सुनुवाई विवादको तथ्य र प्रकृति अनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने सर्वोच्चको भनाइ छ । न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी तुल्याउनेतर्फ न्यायपालिका क्रियाशील रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्