Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीमा अब केन्द्रमा महानिर्देशक, प्रदेशमा महानिरिक्षक

काठमाडौं । नेपाल प्रहरीमा ६० वर्षे उमेर हदसहित केन्द्रमा महानिर्देशक र प्रदेशमा महानिरिक्षक रहने गरी संघीय संरचनाअनुसार प्रहरी संगठनको पुनर्संरचनाको गृहकार्य शुरुभएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।  
केन्द्र र प्रदेशको प्रहरी संरचना, सञ्चालन, सुपरीवेक्षण र समन्वयबारे सरकारबारे सरकार र संसद् राज्य व्यवस्थाले गृहकार्य थालेको हो । 
सरकारले पूर्वप्रहरी महानिरिक्षक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले प्रहरीमा ६० वर्षे उमेरको हदसहित प्रहरी पुनर्संरचनाबारे संसद्को राज्यव्यवस्था समितिमा प्रतिवेदन बुझाएको छ । 
हाल ५८ वर्षे हदको व्यवस्था छ । कार्यदलले केन्द्रमा महानिर्देशक (हालको प्रहरी महानिरिक्षकको सट्टा) रहने र उसको कार्यकाल तीन वर्षको हुने प्रस्ताव गरेको छ । 
यस्तै प्रहरी नायब महानिरिक्षक, प्रहरी सहायक महानिर्देशक, वरिष्ठ उपरीक्षसहित केन्द्रमा १२ तह हुने प्रस्ताव कार्यदलले गरेको छ ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्