Logo
१५ चैत्र २०८०, बिहीबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पारालिगलमा दीक्षित हुने पहिलो नेपाली महिला जस्मिन

गोकर्ण लामिछाने टोरोन्टो, क्यानडा  । जस्मिन काफ्ले नेपाली महिला हुन् । ४ वर्ष अगाडी आफ्नो बाबुको साथमा उनी क्यानडा आईन । उनको परिवार लामो समयदेखी नर्थ अमेरिकामा बसोबास गर्दै आएकाले पनि उनी क्यानडामा छोटो समयमै सजिलै सबैतिर भिज्न सफल भईन ।
काठमाडौंमा स्नाकोतर सकेलगत्तै नयाँ सपना बुन्दै क्यानडा हानिएकी काफ्लेले जीवनको पहिलो प्राथमिकता आफ्नो ‘शैक्षिक करीयर’ ठानिन् ।
उनै जस्मिन क्यानाडास्थित सेरिडियन कलेजबाट ‘ग्राजुयट’ भएकी छिन् । कानुनी शिक्षा अन्तर्गत ‘पारालिगल’ संकायमा ग्राजुयट भएकी काफ्ले यो उपलब्धी हासिल गर्ने क्यानडाकै पहिलो नेपाली महिला हुन् ।
यो शैक्षिक उपलब्धी संगै उनले कानुनी सेवा तथा परामर्श दिन सक्नेछिन् ।  बिहीबार सेरिडियन कलेजको हलमा एक दिक्षान्त समारोहबिच काफ्ले दिक्षित भएकी थिईन ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्