Logo
८ बैशाख २०८१, शनिबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानबाट क्यान्सर पीडित भण्डारीको उपचारको लागि आर्थिक सहयोग


जापान ।  गुल्मी आँपचौर-६ अमलाबोट निवासी क्यान्सर पीडित रामप्रसाद भण्डारीको उपचार सहयोगार्थ जापानबाट आर्थिक सहयोग जुटाई पठाईएको छ । अर्याल समाज जापानका अध्यक्ष चेतन अर्याल र महासचिव भानु अर्यालको पहलमा जुटाईएको ३ लाख २० हजार जापानी येनको हुन आउने नेपाली रुपैंया ३ लाख १२ हजार ४ सय ४५ रुपैंया आजै नेपाल पठाईएको हो ।

समाजका अध्यक्ष चेतन अर्याल र महासचिव भानु अर्यालले नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको रोहबरमा सो रकम रेमिट्यान्स गरी पीडितलाई नेपाल पठाईएको हो । पूर्व शिक्षक भण्डारीको पहिलो चरणको उपचार भईसकेको र दोस्रो चरणको उपचार र बोनम्यारो ट्रान्सफरका लागि उहांलाई हिजै भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल लगिएको छ । 
क्यान्सर पीडितको उपचार खर्च जुटाउने अभियानमा हातेमालो गर्ने जापानबासी नेपालीहरु सबैमा बिरामी भण्डारीको तर्फबाट अध्यक्ष चेतन अर्यालले धन्यबाद ज्ञापन गर्नुभएको छ ।




प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्