झूठा गफ र लफ्फाजी कुरा नगर भन्दै तमलोपा उपाध्यक्ष लालले लेखे ओलीलाई चिठ्ठी
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा दिएका वक्तव्य माथि तमलोपा उपाध्यक्ष बृखेषचन्द्र लालले कडा जवाफ दिएका छन ।
उनले प्रम ओलीको भनाईको लिखित रुपमै ४ बुदें प्रतिक्रिया दिएका छन । ओलीको नाममा तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष लालले चारबुँदे चिठ्ठी सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले विराटनगरमा गरेको सम्बोधनको खण्डन गर्दै उपाध्यक्ष लालले उनको भाषण झुट्टा गफ र लफ्फाजी मात्र रहेको टिप्पणी गरेका हुन ।
प्रधानमन्त्री ओलीले विराटनगरमा मधेशीका माग के हुन र संविधान संशोधन तयार छौं भन्ने किसिमका भाषणहरु गरेका थिए ।
उपाध्यक्ष लालले मधेशी मोर्चाको ११ बुँदे माग, संघीय गठबन्धनको माग र ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको ज्ञापनपत्र अध्ययन गर्न प्रमलाई आग्रह गरेका छन् ।
पढ्नुस त्यो चिठि :