एकाएक मधेश झरेका यादबले पार्टीनै भित्र्याएर मच्चाए उत्पात !
इटहरीमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पद्म अधिकारीले सिङ्गो पार्टी र नेता तथा कार्यकर्ताको दलबल सहित आफूहरु फोरम नेपालमा प्रवेश गरेको घोषणा गरिएको हो।
त्यसै गरि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले सुनसरी–५ को लौकही गाविसमा पूर्वसभासद सबिता यादवसहितको एक सयभन्दा बढी नेता कार्यकर्ताहरूलाई टीका लगाएर फोरममा शनिबार पार्टी प्रवेश गराएका छन् ।
फोरम लोकतान्त्रिककी नेतृ तथा पूर्वसभासद यादव, जिल्ला सदस्य रामनारायण पौदारसहित राप्रपा नेपाल, एमाले र कांग्रेस परित्याग गरी समाजवादी फोरममा प्रवेश गरेको समाजावादी फोरमका सुनसरी इञ्चार्ज तथा केन्द्री सदस्य भिम राईले बताए ।
गत जेठ २६ गते मात्रै एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको शक्तिशाली र विश्वास पात्र मानिने रौतहटका नेता रेवन्त झासहितको दुई दर्जन रौतहट जिल्लाका प्रभावशाली मानिने नेता तथा कार्यकर्ताहरू समाजवादी फोरममा प्रवेश गरेका थिए ।