Logo
७ बैशाख २०८१, शुक्रबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलको टावरमा चन्द माओवादीले गरियो आगजनी


लमजुङ्ग । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले शनिबार हिलेटक्सार – ४, माझगाउँस्थित एनसेल मोबाइल फोनको टावरमा आगो लगाएका छन् ।
दिउँसो साँढे १२र१ बजेतिर आएको ४ जनाको समूहले मुख्य ढोकाको ताला फोडेर आगो लगाएको स्थानीयवासिन्दाले बताएका छन् । 
‘नचिनेका ३/४ जनाको टोली गाउँमा आएका थिए’ स्थानीयलाई उद्धृत गर्दै हिलेटक्सारका अगुवा धनप्रसाद गुरुङले भने, ‘ताला फोडेर भित्र पस्दै जेनेरेटरमा आगो लगाए, अरु के भयो जानकारी भएन ।’
चन्द माओवादीले आगजनी कर्म स्वीकार गरेको छ । विद्यार्थी नेता सुजन अधिकारीले आफ्ना साथीहरुले एनसेनको टावरमा आक्रमण गरेको बताए । ‘यो हाम्रो राष्ट्रब्यापी कार्यक्रम हो । सरकारी सेवालाई समस्याग्रस्त बनाउने निनजी कम्पनीका सेवाप्रदायक संस्थालाई हामी छोड्दैनौं,’ उनले भने । 
डीएसपी समीरचन्द्र खरेलका अनुसार अपरान्ह साढे ४ बजेतिर खबर आएसँगै चिती प्रहरी चौकीबाट असाई लालबहादुर राना नेतृत्वको प्रहरी टोली घटनास्थल खटिएको र अहिले घटनास्थलमा पुगेको छ ।
मूल गेटको ताला फोडेर भित्र पसी चन्द माओवादी कार्यकर्ताले मोविल छर्केर जेनेरेटर लगायतका सामग्रीमा आगलागी गरेको उनले बताए । 
उनका अनुसार एनसेलमा जडित विभिन्न तारहरु समेत चुँडाएर छिन्नभिन्न बनाएका छन् भने पाटपूर्जा जलेको छ ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्