Logo
१२ श्रावण २०८१, शनिबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ल्याप्चे लगाएर सप्तरीमा ‘सघन साक्षरता’ कार्यक्रमको पैसा पच !

सप्तरी । तत्कालिन शिक्षामन्त्रिको ठाडो निर्देशनमा सुरु भएको सप्तरीमको एउटा शैक्षिक कार्यक्रम ल्याप्चोमै सिमित भएको छ ।  
सप्तरी जिल्लालाई सन २०१५ भित्र पुर्ण साक्षर वनाउने उद्देश्यका साथ दुई वर्ष अघि सञ्चालन गरिएको सघन साक्षरता कार्यक्रम ल्याप्चेमा समेटिएको हो ।
तत्कालिन शिक्षा मन्त्री चित्रलेखा यादवले २०७१ माघ १८ गते एक समारोहका विच सप्तरीमा ३ महिने सघन साक्षरता कार्यक्रम उद्घाटन गर्दै सन २०१५ भित्र सप्तरीलाई पुर्ण साक्षर वनाउने घोषणा गरेकी थिईन् ।
हस्ताक्षरसम्म गर्न नसकी ल्याप्चे लगाउने वृद्धवृद्धाहरु गाउँघरमा प्रसस्त भेटिएका कारण कार्यक्रम ल्याप्चेमा समेटिएको रहश्य खुलेको हो ।
सप्तरीको लौनीयाँ गाविस–२ की कमलदेवी मण्डलले साक्षरता अभियानमा सहभागिता जनाएकी थिईन्, तर उनलाई हस्ताक्षरसम्म गर्न आउँदैन । 
‘ढिलो गरी कक्षा सुरु भयो’ उनले भनिन्– ‘सावाँ अक्षर नसिक्दै वर्षा सुरु भएको हुनाले कक्षा छाडेर खेतीपातीको काममा लाग्नुप¥यो ।’
निरक्षरहरुको तथ्यांक संकलन त्रुटीपुर्ण रहेको र ढिलो गरी कार्यक्रम सुरु भएको कारणले लक्षित समुहले कार्यक्रमवाट फाईदा लिन नसकेको साक्षरता अभियानमा खटेकाहरुको भनाई छ । 
सघन साक्षरता कार्यक्रम संचालन हुनुभन्दा १ वर्ष अघि पनि राजविराज नगरपालिका र १९ ओटा गाविसमा साक्षरता अभियान सञ्चालन गरिएको थियो । 
त्यति वेला मलेठ गाविसमा रहेका ९ सय ७४ निरक्षर सबैलाई साक्षर बनाएर पूर्ण साक्षर गाविस घोषणा गरिएकोमा एक वर्षपछि लिईएको तथ्यांकमा एक हजार ३ सय १२ निरक्षर फेला परेका थिए ।
यस्तै बनौला गाविसमा ६ सय ५१ जना निरक्षर रहेको तथ्याङ्क संकलन गरिएकोमा पछि पुनः तथ्यांक लिँदा ९ सय ६१ जना निरक्षर भेटिए ।
ग्रामिण भेगका अधिकांश निरक्षरहरुको अवस्था कमलदेवी कै जस्तो रहेको छ । चैतवाट कक्षा सुरु गर्ने भनिए पनि वैशाखसम्म सहजकर्ताहरुलाई तालिम दिदै बितेको र असार लाग्नासाथ रोपाईको चटारोले कक्षामा सहभागिता घटेको कार्यक्रममा खटेका ब्यक्ति स्वयम् नै स्विकार गर्दछन् ।
त्यतिवेला सघन साक्षरता कार्यक्रम संचालन भईसकेका अन्य गाविसमा पनि तथ्यांक संकलनका क्रममा ठूलो संख्यामा निरक्षर भेटिएको शिक्षा कार्यालयले जनाएको थियो । 
पछिल्लो पटक दुई वर्षअघि सुरु भएको कार्यक्रम पनि हचुवा तरिकाले संचालन गरिएको हुँदा अझै ठुलो संख्यामा निरक्षरहरु रहेको नागरिक संजाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले वताए ।
जिल्लाका विभिन्न गाविसमा कक्षा ९ र १० का विद्यार्थीमार्फत निरक्षरहरुको यसवर्ष तथ्यांक संकलन गरिएको थियो । 
प्रयोगात्मक विषयमा १० नम्वर दिने भनि विद्यार्थीहरुलाई तथ्यांक संकलनमा लगाईएको र उनीहरुले ल्याएको तथ्यांकमा व्यापक त्रुटी भेटिएको कार्यालयका शाखा अधिकृत भोगेन्द्र यादवले बताए ।
उनले अझै १० प्रतिशत जनसंख्या निरक्षर रहेको वताउँदै ढिलो गरी कार्यक्रम सुरु गरिएकोले सप्तरी पुर्ण साक्षर जिल्ला हुन नसकेको जानकारी दिए ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले पनि सघन साक्षरता कार्यक्रम पुर्ण रुपमा सफल हुन नसकेकोले थप कार्यक्रम आवश्यक रहेको वताए ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्