Logo
१२ बैशाख २०८१, बुधबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनियाँ राष्ट्रपतिसँगै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीइ राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै नेपाल भ्रमण गराउन सरकारले प्रहल शुरु गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । 
 सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवि भण्डारीको तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।
 १९ वर्षदेखि भारतका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । उता, अजोजको अन्तिम सातामा चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने गरी सरकारले पहल गरिरहेको छ । यसका लागि रक्षामन्त्री भीम रावल चीन जाने बताइएको छ ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्