Logo
२६ बैशाख २०८१, बुधबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतलाई फेरी अर्को झटका : चीनबाट तीब्र गतिको इन्टरनेट भित्राइदै

काठमाडौं । चिनको नाममा नेपालले अर्को छिमेकी मुलुक भारतलाई एकपछि अर्को झटका दिइरहेका छन । यसैबीच, दुरसञ्चार प्रविधिबाट भारतसँगको मात्रै परनिर्भरता अब तोडिने भएको छ । नेपाल टेलिकमले रसुवागढीस्थित नाकामा चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग अप्टिकल फाइबर जोड्न सफल भएपछि भारतको विश्वजगतसँग दुरसञ्चारबाट जोडिन भारतसँगमात्रै निर्भर नेपालको विकल्प खुल्ला भएको हो ।
काठमाडौंबाट बिच्छ्याइएको अप्टिकल फाइबरलाई रसुवागढी नाकाबाट चाइना टेलिकम्युनिकेशनसँग जोड्न सफल भएपछि अब नेपालले चीनबाट तीब्रगतिको इन्टरनेट ल्याउन सक्ने भएको हो । यसले नेपाल र चीनबीचको साझेदारी र सम्बन्ध त मजबुत हुने नै छ अर्कातिर नेपाली उपभोक्ताले तीब्रगतिको इन्टरनेट र डाटा सेवा लिन सक्ने भएका छन् ।
‘हामीले रसुवागढीस्थित नेपाल–चीन नाकामा दुई देशबीच तीन दिनअघि अप्टिकल फाइबर कनेक्ट गर्न सफल भएका छौं’, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अप्टिकल फाइबर कनेक्ट भएपछि अब हामीले चीनबाट व्यवसायिकरुपमा तीब्र गतिको इन्टरनेट ल्याउन सक्नेछौं । 
यो अप्टिकल फाइबर काठमाडौंबाट, धादिङको गल्छी हुँदै रसुवाको धुन्चेबाट रसुवागढीसम्म पुर्याए जोड्न सफल भएका छौं ।’रसुवागढी नाकाबाट नेपाल टेलिकम र चिनियाँ सरकारको स्वामित्यवमा रहेको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकापसमा जोडिनुअघि नै दुबै मुलुका प्राविधिकले फाइबरको सफल परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा दुबै कम्पनीका प्राविधिकरु रसुवागढी नाकाबाट काठमाडौं र चीनको राजधानी बेइजिङतर्फ ब्यान्डविथ आदानप्रदान गर्न सफल भएपछि दुई देश फाइबरबाट औपचारिकरुपमा कनेक्ट भएका हुन् । ‘हामीले यसअघिबाटै दुई देशबीच फाइबर कनेक्ट स्थापित गर्न आवश्यक प्राविधिक सामान दुबै नाका र राजधानीमा तयार गरिसकेका छौं’, वैद्यले भनिन्, ‘नेपाल टेलिकमले यसै महिनाभित्र नेपाल–चीन र भारतबीच सिधै डाटा आदानप्रदान गर्ने पूर्वाधार तयार गरिसक्नेछ ।’
प्रवक्ता वैद्यले नेपाल–चीनबीच फाइबरबाट सम्बन्ध स्थापित भइसकेकपछि डाटा र आवाजको गुणस्तरमा धेरै सुधार हुने बताइन । ‘नेपाल टेलिकमले चीनसँग फाइबरटबा सम्बन्ध स्थापित गरी तीब्रगतिको इन्टरनेट ल्याउन सबै पूर्वाधा र प्रक्रिया पुरा गरिसकेको छ’, उनले भनिन्, ‘चीनबाट ल्याइने इन्टर नेट उच्च गतिको र सस्तो हुने भएकाले डाटा सेवा सस्तो हुनेछ भने भ्वाइस म्यासेज तथा भिडियो कलको गुणस्तर पनि बढ्नेछ ।’
चाइना टेलिकम्युनिकेसनसँग जोडिएको नेपाल टेलिकम अब फाइबरमार्फत सिधै एसियाकै दुई ठूला ग्लोबल डाटा सेन्टर रहेको हङकङसँग जोडिने छ । यसले नेपाली उपभोक्ताले अब एक महिनामै तीब्र गतिको इन्टरनेट चलाउन पाउने नेपाल टेलिकमको दाबी छ ।
‘अब नेपाल सिधै चीनमार्फत हङकङको डाटा सेन्ट र भारतमार्फत सिंगापुरको डाटा सेन्टरबाट विश्वव्यापी इन्टरनेट सञ्जालमा जोडिनेछ’, नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘यसले गर्दा यही जुन महिनापछिबाट इन्टरनेट सेवा सस्तो र तीब्र गतिको हुनेछ । चीनसँगको सम्बन्धले अब हामी गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सिधा जोडिएका छौं ।’
भारतको बाटो हुँदै सिंगापुरको डाटा सेन्टरमार्फत जोडिएको नेपाल अब हङकङको डाटा सेन्टरसँग जोडिनुको अर्थ भनेको गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सीधा जोडिनु हो । चीनसँग जोडिनका लागि नेपाल टेलिकमले धादिङको गल्छीबाट करिब ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ ।
नेपाल टेलिकमका अनुसार रसुवागढी नाका २०७२ वैशाखको भूकम्पले धेरै क्षति भएकाले त्यहाँ रहेको पूर्वाधार टिमुरेमा सार्न केही समय लाग्नेछ । रसुवागढीमा अझै पनि पहिरो खस्ने सम्भावना भएकाले त्यहाँको पूर्वाधारलाई टिमुरेमा सारिसकेपछि जुलाईबाटै टेलिकमले चीनसँग इन्टरनेटको व्यवसायिक कारोबार थाल्ने भएको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।
नेपाल र चीनले गत मार्च २० देखि २७ गतेसम्म नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा इन्टरनेट कनेक्टिभिटीबारे सम्झौता गरेका थिए । 

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्