Logo
६ बैशाख २०८१, बिहीबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म हलमा पनि नयाँ शक्तिको प्रचार तर गोरखापत्रमा किन छापिएन ‘ज्याकेड एड’ ?

काठमाडौँ । आज घोषणा हुन लागेको डाक्टर बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालले अधिकांश दैनिक पत्रिकामा ‘ज्याकेट एड’ गरेको छ। तर सरकारी अखवार गोरखापत्रमा भने उक्त प्रचारात्कम सामग्री छापिएको छैन । रंगशालामा पुग्न आव्हान गर्दै पार्टीले बाबुराम भट्टराईको श्यामश्वेत तस्वीर सहितको विज्ञापन छापेको हो।
विज्ञापनमा ‘अबको निकास, आर्थिक विकास’ भन्ने पार्टीको नारालाई हाइलाइट गरिएको छ।
भट्टराईको पार्टीले मल्टिपेल्कस सिनेमा हलदेखि टेलिभिजन विज्ञापन देखि युट्युब र रेडियोमा समेत विज्ञापन गर्दै आएको छ। त्यसो त सामाजिक सञ्जालहरुमा समेत नयाँ शक्तिको पार्टी घोषणाको विज्ञापन गरिएको छ।
राजधानीबाट प्रकाशित हुने गोरखापत्र राष्ट्रिय दैनिक बाहेकका कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोस्ट, कारोबार, नेपाल समाचार पत्र, राजधानी, दि हिमालयन टाइम्स लगायतका पत्रिकामा ज्याकेट एड छापिएका छन् । 
गोरखापत्र सरकारी पत्रिका भएका कारण एउटा मात्र पार्टीको प्रचारसमाग्री छापिन नमिल्ने भएका कराण उक्त बिज्ञापन नछापिएको गोरखापत्र ब्यवस्थापन पक्षको दावी रहेका छ । 
पत्रिकाको पहिलो पृष्ठ भन्दा पनि बाहिर पत्रिकालाइ नै छोप्ने गरि दिइने विज्ञापनलाइ ‘ज्याकेट एड’ भनिन्छ।
फिल्म हलमा पनि नयाँशक्तिले चलचित्रका दर्शकमाझ प्रचार गरेको छ । राजधानीमा चलिरहेको गाजलु चलचित्रको प्रारम्भ र मध्यान्तरमा नयाँशक्तिको विज्ञापन देखाइएको दर्शकले जानकारी दिए ।
अन्य पार्टीहरुले महाधिवेशनमा गर्नेजसरी पर्चा पम्प्लेटिङ कमै गरिएको छ । यसको साटो टेलिभिजन र दैनिक पत्रपत्रिकामा पूरा पृष्ठको विज्ञापन छापेर नयाँ शक्तिले प्रचारको ‘कर्पोरेट’ विधि अपनाएको छ ।
आइतबार रंगशालामा नयाँशक्तिले पार्टी घोषणा कार्यक्रमको आयोजना गर्दैछ । सामाजिक सञ्जाल ट्विटरमा बाबुरामको पार्टीको विज्ञापनको निकै नै चर्चा भइरहेको छ ।  भने बिरयानी चर्चा पनि उत्तिकै मात्रामा भइरहेको छ । यसअघि शनिबार पार्टी घोषणा अघि पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिले प्रचार प्रसार तथा छपाईमा ३७ लाखको खर्च विवरण सार्वजनकि गरेको थियो।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्