फोरम लोकतान्त्रिक भित्र सकस ,जितेन्द्र कड्किए पछि गच्छदार चिन्तामा !
काठमाडौं । आठ बुँदे सम्झौतालगायत सरकारका कामकारबाहीमा असन्तुष्टि जनाउँदै फोरम लोकतान्त्रिकले एमाले नेतृत्वको सरकार छाड्ने लगभग निश्चित भएको छ ।
फोरम लोकतान्त्रिकका महासचिव एबं नेता जितेन्द्र देवले सत्ता छाड्न भन्दै कड्किए पछि अध्यक्ष बिजयकुमार गच्छदार चिन्तामा परेका छन् ।
सधैँ जसो सत्तामा बस्न रमाउने अध्यक्ष बिजयकुमार गच्छदारलाई यस पटक जितेन्द्रले समयमै निणर्य नलिए पार्टी फुटाउने सम्मको धम्की दिए पछि उनी छट्पटिएका हुन् समाचार स्रोतले भन्यो ।
लोकतान्त्रिकले केहि दिनमै सरकार छाड्ने विषयबारे पार्टीमा छलफल चलाइने भएको छ । नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिने योजना देवको रहेको बुझिएको छ । नेताहरुका अनुसार लोकतान्त्रिक केन्द्रीय समिति बैठक आइतबारबाटै बस्दैछ।
सोमबार र मंगलबारसम्म बस्ने बैठकले एमाले नेतृत्वको सरकार छोडेर कांग्रेससहितको सरकार गठनमा जोड दिने कुरालाई प्रमुख एजेण्डाका रुपमा प्रस्तुत गर्ने नेता जितेन्द्र देवले जानकारी दिए ।
नेकपा एमाले नेतृत्वको सरकारले देशको समस्या समाधान गर्न नसक्ने देवले बताए। आठ बुँदे सम्झौतामा ठगी भएको फोरम लोकतान्त्रिकको निष्कर्ष छ।
‘मैले एक्लै भनेको हैन, अध्यक्ष बिजयकुमार गच्छदारजीसँग छलफल गरेरै यो कुरा भनिरहेको छु,’ देवले भने, संवादपछि हामी यो निर्णय लिएर आउनेछौं।’