दशरथ रंगशालाबाट यसरी भयो नयाँ शक्ति पार्टीको घोषणा (फोटो फिचर सहित)
म मेरो घरको नक्सा कोर्दिन, म जनताको घरको नक्सा कोर्नेछु – बाबुराम भट्टाराई
बाबुराम भट्टराईले जनतालाई सम्बोधन गर्ने क्रममा संविधानमा नसमेटिएका मधेसी, आदिवासी,ामहिला लगायतका मागलाई यही संविधानमा टेकेर संविधान संशोधन गरेर माग सम्बोधन गर्नुपर्ने बताए । सबै जाति, भाषा र संस्कृतिलाई बराबर अधिकार दिन सकिएन भने देशमा शान्ति हुँदैन ।
त्यसैले सबै समुदायलाई समानुपातिक अधिकार राज्य सत्ता र पार्टीमा सहभागी गराएर सम्पन्न गराउनुपर्नेमा जोड दिए । उनले आर्थिक विकास गरि १५ वर्ष भित्र विकासको चरणमा पुर्याएर बेरोजगारीलाई निर्मुल गर्न सकिने बताए । विकास र समृद्धिका लागि शान्तिको आवश्यक पर्ने बताए ।
अहिलेको संसदीय व्यवस्थाले स्थिर विकास हुन नसक्ने बताए । एउटा व्यक्ति २ कार्यकाल मात्र काम गर्न पाउने नियम बनाउनुपर्ने बताए ताकि नयाँ नयाँ व्यक्तिले पनि मौका पाउँछन् । नेपाल दुईढुंगाको तरुल बनेर बस्न सक्दैन् । चिन र भारतको बिचमा रहेको नेपालमा यी दुईवटा देशलाई मिलाएर जान सकेनौ भने देशमा अस्थिर आउँछ । बाह्य शक्तिको चलखेललाई व्यवस्था गर्नुपर्ने बताए ।
देशमा आर्थिक विकास गरेर देखाउन सकिनएन भने छिमेकीको बजार बढ्ने बताए । आफ्ना छोराछोरीलाई विदेशमा होइन नेपालमै शिक्षा दिने व्यवस्था गर्नुपर्छ र देशमै काम गरि देशमा जिवन बिताउने बातावरण सृजना गर्नुपर्ने बताए । राजनीतिलाई फोहोर होइन सफा राजनीति गराउन चाहान्छौं ।
भ्रष्टाचारको स्रोतलाई निर्मुल गराउन चाहान्छौ, देशमा विधिको शासन चलाउनुपर्ने बताए भने भ्रष्टाचारी कसैलाई नछाड्ने नयाँ शक्तिको निर्णय गरेको पनि उनले बताए । भट्टाईले भने म अरुको निम्ती घर बनाउनेछु । म मेरो घरको नक्सा कोर्दिन । म जनताको घरको नक्सा कोर्नेछु, कुनै निजी सम्पति जोड्ने छैन, व्यक्तिगत स्वार्थमा लाग्नेछैन । उनले प्रतिबद्धता व्यक्त गरे ।