Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबरजस्ति क्रिश्चियन बनाउने प्रचारकलाई कडा कारबाहि होस् !

काठमाण्डौ । हिन्दू जागरण नेपालले संस्कृति मन्त्री आनन्दप्रसाद पोख्रेललाई एक ज्ञापनपत्र बुझाएको छ । 
दोलखाको बिद्यालयमा बाइबल को शिक्षा बिरुद्ध पक्राउ परेकालाई क्रिश्चियनका धर्म प्रचारकलाई कडा कानुनी सजायको माग गर्दै राघव उपाध्याय, डाक्टर गोविन्द शरण उपाध्याय , ब्याकुल माइला र जगन्नाथ सुवेदीले ज्ञापनपत्र बुझाउनु भएको छ । 
उनीहरुले दोलखाको माउण्ट भ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमालमा बेरेर क्रिश्चियन धर्म सम्बन्धी महान कथा नामक किताव, येशु ख्रिष्टका जीवन सम्वन्धी चित्रकला, पकेट डायरी लगायत धर्मसम्वन्धी अन्य विभिन्न सामग्री  बाडेँका थिए ।
पक्राउ परेका माउण्टभ्याली बोर्डिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही, क्रिस्चियन संस्था टिच नेपाल काठमाण्डौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोरखाका फिलिप तामाङ, दोलखाका किरण दाहाल, चालक रामेछापका भीमबहादुर तिवारी पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्