Logo
२९ बैशाख २०८१, शनिबार
(June 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले झुक्काए भन्दै मधेसी नेताकाहरुको यस्तो ताल !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको वार्ताको औपचारिक  पत्र नआईसकेको मधेसी नेताहरुले बताएका छन् ।

आईतबार राजधानीमा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आयोजना गरेको पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू मुलुकको समस्यालाई लिएर गम्भिर भएको र आन्दोलनरत पक्षहरुको माग सम्बोधन गर्ने कुरामा बाधक नभएको स्पष्ट पारेका थिए ।

उनले सम्बोधनकै क्रममा मोर्चालाई वार्ताको लागि पत्राचार गरिएको जानकारी दिएका थिए । यसै बिच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले ओलीले वार्ताकोलागि पत्र पठाएर अहिलेसम्म आफूहरुलाई झूक्याउने काम मात्रै गरेको आरोप लगाउँदै भने,‘यदि उहाँले साँच्चिकै वार्ता चाहनु भएको हो भने, उहाँले स्पष्ट रुपमा हाम्रा मागहरु पूरा गर्छु भन्ने प्रतिबद्धतासहितको पत्र पठाउनुपर्यो अनि मात्रै हामी वार्तामा बस्छौं ।’ 

उनले आफूहरुले अघि सारेका विभिन्न ११ र २६ बुँदे मागहरु समेत पूरा गर्ने प्रतिबद्धता सरकारबाट आए वार्ता हुने बताए ।  मोर्चाको एक घटक सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘प्रधानमन्त्रीले वार्ता आह्वान गर्नु धेरै राम्रो कुरा हो, सार्थक हो ,तर हामीले अहिलेसम्म पत्र पाएका छनौं, पत्र हेरेपछिमात्रै हामी निर्णय गर्छौं ।

यसरी एउटै आन्दोलनमा देखिएका नेताहरुको छुट्टाछुट्टै कुराले मोर्चा भित्र खटपट देखिएको छ । त्यस्तै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले पनि अहिलेसम्म मोर्चाले पत्र नपाएको टिप्पणी गरे ।

प्रकाशित मिति: Jun 12, 2016

प्रतिक्रिया दिनुहोस्