क्षमायाचना अभियानधारीहरुलाई चुनौती : हिम्मत छ भने क्षतिपुर्ति देऊ !
यतिबेला फेसबुकमा क्षमायाचनाको निकै चर्चा चलिरहेको छ, तत्कालिन पञ्चायती परिवारका तर हाल दिल्ली स्थित भारतिय पत्रकारिता गर्दे आएका प्रसान्त झा, मधेशका नाममा एनजिओ चलाउने तुलानाराण साह, अधिवक्ता समेत रहेका दिपेन्द्र झा, बिराटनगरमा एनजिओ चलाइराखेका राकेश मिश्रा लगायतले सुरु गरेको फेसबुके अभियान यतिबेला निकै चर्चित भइरहेको छ । यसैबारे समाजिक अभियन्ता सरोज रायको तार्किक बिचार जस्ताको त्यस्तै :
सरोज राय
समाजिक अभियन्ता
‘Social Reform Movement’ जुन अहिले मधेशमा शुरुवात भएको छ, यो एकदमै सहरानीय हो। हामी बस्ने समाजलाई यस्ता खाले अभियानको आवश्यक पनि थियो। यस्ताखाले अभियान विशेष गरि विभेदित समाजको लागि अति उपयोगी हुन्छ।
‘Social Reform Movement’ भनेको समाजमा रहेको जात-जातमा असमानता, लैंगिक, शैशिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायत अन्य विभिन्नताहरु लाई हटाई समाजमा क्रमिक परिवर्तन ल्यानु हो। यस्ताखाले अभियानले एकैचोटी परिवर्तन ल्याउने होइन, क्रमिकरुपले अगाडी बढ्ने हो।
१९ओं शताब्दीमा यस्ताखाले अभियानले निकै सकरात्मक परिवर्तनहरु समाजमा ल्याएका थिए। भारतमा यस्ता खाले अभियानले सकरात्मक परिवर्तन भएको धेरै उदाहरणहरु छन्। राजा राम मोहन रोय (१७७२-१८३३) ले समाजीक र धार्मिक कुसंस्कारको विरुद्ध यस्तै अभियान चलाएर सति प्रथाको अन्त गराउन सफल भएका थिए।
आचार्य विनोवा भावे द्वारा ‘भूदन अभियान’, बाबा अम्टे द्वारा पिछिडिएका जातजातिको लागि चलाएको अभियान, बाबासाहेब अम्बेडकर द्वारा छुवाछुत विरुद्ध चलाएको अभियान, ईश्वर चन्द्र विधिया सागर द्वारा गरिवको लागि शिक्षा अभियान, मदर रेरिसा द्वारा मानवताको लागि चलाएको अभियान आदिहरु र यी अभियानबाट भएको परिवर्तनहरु आज पनि कसैले बिर्सेको छैन।
अहिले आएर समाजमा भएका छुवाछुत विरुद्ध चलेको ‘Social Reform Movement’ पकै पनि समाज विकाशको लागि राम्रो शुरुवात हो भनेर हामी सबैले सकारात्मक लिई साथ दिनुपर्छ। ठुलो विषय यो होइन कि यसलाई कसले चलायो! के यो अभियान समाजको लागि लाभदायक छ कि छैन? यदि छ भन्ने यसलाई सफल बनाउन हामी सबैको कर्तब्य हो। हामी मध्ये जोसुकै पनि यस अभियानको leadership लिई सफल बनाउन सक्नु हुन्छ। कुनै वर्ग समुदायले कुनै अभियानको शुरुवात गरे भन्ने वाकी वर्गलाई खटकनु जस्तो संस्कारलाई हटाएर पहिला त्यो अभियान वारे राम्रोसंग बुझ्नु पर्छ र अनिमात्र टिक्का टिप्पणी गर्नुपर्छ। जात विशेषको आधारमा आफ्नो सोच बनाउनु हुन्छ भन्ने कसैले चलाएको जस्तो सुकै राम्रो अभियान पनि नकारात्मक नै लाग्छ।
मात्र ‘I am Sorry’ भनेर पर्याप्त छैन। Sorry भनेको ‘snapshot’ मात्र हो! यस अभियानलाई ‘movie’ मा उतार्नु पर्छ। आजभन्दा करिब १५-१६ वर्ष पहिला मेरो खेतमा कामगर्ने कटानी (सीतापुर), सर्लाही बस्ने महेन्द्र चमारको घर उसलाई बोलाउन गएको थिये। त्यंहा पुगेपछि उसंग पानी मांगे तर उसले आफ्नो भाँडामा पानी दिन्न मानेन र भन्यो ‘महाजन! म अछुतको हात बाट पानी कसरी खानु हुन्छ! घरमा ठुलो महाजनले थाहा पाए भन्ने मलाई कामबाट निकालिदिन्छ। तर मेरो जिद् पछि उ पानी दियो। त्येंही उसले आफ्नो बालबच्चा हरुसंग परिचय गरायो। उसलाई आफ्नो छोरा-छोरीलाई पढाउ भनेर सलाह दिंदा उसको जवाब सुनेर म हैरान भए। हजुर! छोरा-छोरी लाई पढाएर कुन नै जागीर पाउंछ, बरु सम्पन्नहरुको बीच बसेर झन् बानी बिग्रिन्छ, भोलिको दिन काँहा बाट इनका मांगहरु पुरा गर्छु, त्यो भन्दा राम्रो सानै उमेर देखि खेतमा काम गर्ने बानी बसाए भन्ने भोलि आफ्नो खुट्टामा त् उभछ। त्येसबेला त्येसको धेरै कुरा मेरो दिमागमा पसेन र उसलाई आफ्नो सन्तानहरु लाई स्कुल पढाउन राजी गरे। आज महेन्द्रको ठुलो छोरा मास्टर्स र सानो बैच्लर पुरा गरि सकेका छन्।
यो सन्दर्व यँहा यस कारण जोडे कि मात्र sorry भनेर यस अभियानलाई सिमित राख्नु हुँदैन, परिणाममुखी परिवर्तनको लागि थप पहल गर्नु पर्छ। खासगरी sorry हामी मध्यम र सम्पन्न वर्ग एकअर्को संग माँगनु पर्छ यो भनेर कि हामी बीच जे जस्ता दुरी भएपनि अबको बदलिदो युगसँग हामी पनि बद्लिन्छौ र आपसी मनमुटावलाई सदाको लागि समाप्त पार्ने छौ, अनि मात्र हामी बसिरहेको समाज परिवर्तन हुन्छ। तर शुरुवात sorry बाट भएपनी यो धेरै सह्रानीय छ र यस अभिआनलाई शुरुवात गर्ने सम्पूर्ण टीमलाई साथ र समर्थन हामी सबैले दिनै पर्छ।
तर बजारमा हल्ला भए अनुसार यस अभियानलाई यदि कसैले आफ्नो स्वार्थको लागि वा कुनै शक्तिको इशारामा चलाउन खोजेपनि हामी आफै सजग भए खासै असर पर्दैन। आन्दोलन चलिरहेको बेला बिना स्वार्थको यो अभियान शुरु भएछ भन्ने आन्दोलनलाई पनि यसले कुनै असर पार्दैन जस्तो लाग्छ। खैर यस अभियान प्रति कसैको जे स्वार्थ भएपनि यो अभियान नितान्त स्वागत योग्य छ। अन्तमा गरिखाने सित क्षमाको साथ-साथ गरिखाने बाटो बनाइदिनु पर्छ। # तस्विर साभार : तुलानाराण साहको फेसबुक वाल