सरकारको कानमा तेल ! महँगीको मारमा सर्वसाधारण, उपभोक्ताको ढाडै सेक्ने गरी महँगी
दिनभर काम गरेर परिवार पाल्न सर्वसाधरणलार्य सास्ती छ । व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी खाद्यान्न, खाने तेल, तरकारी, फलफुल, माछा मासु लगायतको मूल्य आफूखुसी मूल्य वृद्धि गराएपछि सर्वसाधारण जनता मारमा परेका हुन् ।
नाकाबनदीको समयमा आपूर्तिको अभावमा अकासिएको बजार भाउ क्रमिकरुपमा सुधार आउँदै गरे पनि पछिल्लो समयमा मूल्य वृद्धि पुनः अकासिन थालेका छ । अहिले आपूर्ति सहज भए पनि सरकारको कमजोर नियमन संयन्त्रका कारण व्यापारीले खाद्य पदार्थको मूल्य बताएका छन् ।
व्यापारीले अलिहे चामल, चिउरा, दाल, माछा मासु, अन्डा, तरकारी, चिनी, खानेतेल, मसला लगायतका खाध्यबस्तुको मूल्यमा वृद्धि गरेका हुन् । २० दिन अघिसम्म प्रतिकिलो ७० मा बिक्री हुने चिनीको प्रतिकिलो मूल्य अहिले ८० पुगेको छ । यसैगरी प्रतिकिलो दुई सय ५० पर्ने रहरको दालको मूल्य अहिले दुई सय ८० पुगेको छ । त्यसैगरी दुई सय ४० पर्ने मासको सानो दालको मूल्य वृद्धि भएर अहिले प्रतिकिलो दुई सय ८० रुपैयाँ पुगेको छ ।
यस्तै रातो आलुको प्रतिकिलोमा ३०, सेतो आलुको प्रतिकिलोमा २०, गोलभेडाको प्रतिकिलोमा २०, काउलीको प्रतिकिलोमा २० र माछाको प्रतिकिलोमा ४० रुपैयाँसम्म वृद्धि भएको छ । मूल्य वृद्धिका कारण निम्त आय भएका र दैनिक ज्यालादारीमा काम गर्ने श्रमजीवीको भान्सामा प्रत्यक्षरुपमा प्रभाव पारेको छ ।
सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलबमा वृद्धि गरिएको २५ प्रतिशतका कारण व्यापारीले मौकाको फाइदा उठाउँदै मूल्य वृद्धि गरेको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ । महँगीले सर्वसाधारण जनताको भान्सामा चुलो बाल्न छाडेको बेलामा बजार भाउ अकासिरहँदा बजार नियन्त्रण गर्ने जिम्मेवारी लिएको आपूर्ति मन्त्रालय तथा मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने बजार अनुगमन गर्न चासो देखिदैन । अझ भन्ने हो भने सरकार कानमा तेल खाले झै चुप लागेर बसेको अवस्था छ ।