Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र देउवाको मोदीसगँ सम्बन्ध बिग्रिनुको भित्रि रहस्य यस्तो !

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीवीच पछिल्लो समय सम्बन्ध टाढियो जसको मार आम जनतालाई पर्यो ।

एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष बन्दा, संसदीय दलको नेतामा निर्वाचित हुँदासम्म भारतसगँ सम्बन्ध अत्ति राम्रो थियो ओलीको । एकाएक ओली प्रधानमन्त्री बने पछि सम्बन्धमा दरार पैदा भयो । 

ओली भारतसँग राम्रो सम्बन्ध भएको नेताका रुपमा परिचित थिए तर मोदीसगँ किन जमेन ओलीको सम्बन्ध । संविधान जारी हुनुभन्दा पहिले चार पार्टीविच भएको १६ बुँदे सम्झौताले उनको भारतसँगको सम्बन्धमा चिसोपना ल्याईदियो ।

१६ बुँदे सम्झौता हुनुपुर्व पनि उनले आफ्नो पक्षमा लविङ् सुरु गर्न तत्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दुतको रुपमा भारत पठाएका समाचार मिडियामा नआएका होईनन् । तर जब उनले संविधान जारी गर्ने अडानमा काँग्रेस, तत्कालिन एमाओवादी र फोरम लोकतान्त्रिकवीच भएको १६ बुँदेमा हस्ताक्षर गरे त्यहीँबाट उनको भारतसँगको सम्बन्धमा चिसोपना सुरु भयो ।

संविधान जारी गर्ने पूर्वसन्ध्यामा मोदीको विशेष सन्देश लिएर नेपाल भित्रिएका भारतीय विदेशसचिव सुव्रमन्यम जयशंकरसँगको झण्डै साँढे तीन घण्टा लामो वान टु वान छलफलमा ओलीले संविधान अलिदिन पछि सारेर जारी गर्ने भारतीय पक्षको सन्देशलाई ठाडै अस्विकार गरेपछि त झन् सम्बन्ध खल्बलियो । तर मोदी र ओलीको सम्बन्ध यती विग्रिहाल्छ भनेर कसैले सोचेका पनि थिएन् । विडम्वना ओलीको भारतसँग अब तत्काल जोड्न पनि गाह्रो छ ।

संविधान जारी भएपछि त झनै ओली–मोदी सम्बन्धमा दरार उत्पन्न भयो ।संविधान जारीपछि ओलीलाई भारतले प्रधानमन्त्रीका रुपमा बोलाएर नङ्ग्यायो पनि ।   प्रधानमन्त्री पछि मोदी दुईपटक नेपाल आए । दुवैपटक ओलीसँग विशेष कुराकानी भयो । पटक पटक कुरा पनि हुन्छ फोन मार्फत । हुन त ओली प्रधानमन्त्री भएपछि मोदीले उनलाई बधाई पनि दिए तर समधुर सम्बन्ध किन भएन् ।

ओली संविधान जारी भएपपछि भारतसँग नझुक्ने अवस्थामा अडिए । उनले भारतले लगाएको नाकाबन्दीको त झन खुलेरै विरोध गरे । सार्वजनिक कार्यक्रममै भारतले नै नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिने काम गरेकोप्रति उनले कडा विरोध गरेका थिए, तर भारतले भने नाकाबन्दी आफूले नभई आन्दोलनरत मधेशी मोर्चाले गरेको अभिव्यक्ति दिएको थियो ।

नाकाबन्दीको सामाना गर्ने, बरु भोकै मर्ने तर भारतसँग नझुक्ने अभिव्यक्ति दिएपछि ओलीको स्वदेश लगायत अन्र्तराष्ट्रिय स्तरमा छवि त चुलियो तर भारत भने बाङ्गियो जसको मार जनतामा अहिले पनि परेको छ ।

नाकाबन्दी अन्त्य गर्ने विषयमा दुई प्रधानमन्त्री बिच टेलिफोन सम्वाद भएको कुरा समेत बाहिर आएको थियो । पछिल्लो समय ओलीको मोदीसँग कुरै नभएको स्रोतको दाबी छ । ओलीले दुतहरुमार्फत मोदीसँग सिधा सम्पर्कका लागि प्रयास जारी राखेपनि ओली सफल हुन सकेनन् ।

पछिल्लो समय भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएर र भ्रमणको मुखमा आएर राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गरेपछि ओली–मोदी सम्बन्ध झनै टाढिएको छ । मोदीले यतिवेला नेपाल हेर्ने बेग्लै समूह छ ।

उनले राजनीतिक रुपमा गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई जिम्मा लगाएका छन भने ट्र्याक टु डिप्लोमेसीका रुपमा नेपाल–भारत मामिला विज्ञ भगतसिंह कोशीयारीलाई अगाडि सारेका छन् । उता नेपाली कांग्रेसको शभापति चुनिनु भन्दा अगाडि पटक पटक भगतसिंहसगँ वार्ता गरेका शेरबहादुर देउवा भगतसिंहसगँ एक पटक पनि वार्ता गरेका छैनन् ।

चुनाब अगाडि बारम्बार कुरा गर्ने जितेपछि कुरै नगर्ने देउवाको सम्बन्ध भारतसगँ कस्तो हुन्छ यसै भन्न नसकिने छ । पछिल्लो समय भारत पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री मोदीसँग भेटन पाएका छैन् ।

प्रकाशित मिति: Jun 13, 2016

प्रतिक्रिया दिनुहोस्