Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिषालु च्याउ खाएर बिरामी हुनेको संख्या बढ्दो

योगेन्द्र योगी बिराटनगर । संखुवासभामा बिसालु च्याउ खाएर बिरामी हुनेहरुको संख्या बढेको छ । गत आईतबार मात्र बिषालु च्याउ खाएर जिल्लाको मादी नगरपालिका–९ मा ७ जना बिरामी भएका थिए ।
बिरामी मध्ये दुई जनालाई उपचारको लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । केहिको भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएको प्रहरी निरीक्षक मुक्ति सापकोटाले बताए ।
त्यस्तै, सोमबार पनि खाँदबारी नगरपालीका–११ खोरण्डेमा बिषालु च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । सोमबार बिहान नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि एकै परिवारका पाँच जना सिकिस्त बिरामी भएका हुन् ।
बिरामी पर्नेहरुमा ५३ बर्षीय बुबा राजकुमार तामाङ, ४९ बर्षीय आमा कमल कुमारी तामाङ, २५ बर्षीय छोरी कुमारी तामाङ, २४ बर्षीय ज्वाई सुबिन्द्र राई र चार बर्षीय छोरा बिराज तामाङ रहेका निरीक्षक सापकोटाले बताए ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्