Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘रेलीमाइ’को रमाईलो गीत सार्वजनिक

निर्देशक रिम बिस्वकर्माको चलचित्र ‘रेलीमाइ’को रमाईलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘जाउँ हिड खसौली’ बोलको गीत सन्दा सरल र रमाईलो लाग्ने खालको छ ।

निर्देशक रिम विश्वकर्माको शब्द तथा संगीतमा चिरन्जिवि भण्डारीले गाएको गीतले सफलता पाउनेमा निर्माण युनीट देखिएको छ । रेड लाइन फिल्म्स प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘रेलिमाई’मा सन्जोग राना, पुर्णिमा लामा, रियन लामालगायतका कलाकारले अभिनय गरेका छन् ।
साउन २१ गते रिलीजमा आउने यो चलचित्रको यसअघि सार्वजनिक ट्रेलरलाई युटुबमा निकै रुचाइएको छ ।चलचित्रले राजधानीमा बसोबास गर्ने युवा पुस्ताका ब्याक्तीहरु जिबन भोगाईलाई रमाइलो तरिकाबाट प्रस्तुत गरिएको छ  । नेपाली मौलिक कथा बोकेर निर्माण भएका चलचित्र दर्शकको पहिलो रोजाइमा पर्ने भएकाले आफूले पनि मौलिकता माथिचलचित्र निर्माण गरेको निर्देशक विश्वकर्मा बताउछन् ।
हलमा पुगेका दर्शक पूर्ण मनोरञ्जनका साथमा खुशी भएर हलबाट निस्कने पनि विश्वकर्माका दाबी छ । यो चलचित्र संगै अर्को कमेडी कथामै निर्माण भएको चलचित्र सुन्तलीलाई भगाई लग्यो झिल्केले समेत रिलीजमा आउदैछ ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्