सशस्त्र प्रहरी बलमा स्टाफ कलेज आतंक !
काठमाडौं । अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बल कहिले प्रहरीजस्तो त कहिले सेनाजस्तो बन्न खोजेको भनेर आलोचना हुने गर्दछ ।
एकातर्फ पक्राउ पूर्जिको अधिकार लिएर प्रहरी जस्तो बन्न खोज्ने, अर्कोतर्फ संगठनलाई सेनाजस्तै बनाउन खोजेको आरोप सशस्त्रमाथि छ ।
एक वर्षयता सशस्त्रमा नेपाली सेनामा जस्तै स्टाफ कलेजको सिस्टम सुरु भएपछि सशस्त्र सेनाको सिस्टममा अघि बढ्न खोजेको देखिन्छ ।
डिआईजीमा बढुवा हुनका लागि अनिवार्य रुपमा स्टाफ कलेज उत्तिर्ण हुनुपर्छ । स्टाफ कलेकमा उत्तिर्ण हुनुभन्दा त्यसको प्रवेश परीक्षामा उत्तिर्ण हुन नसक्दा सशस्त्रमा स्टाफ कलेज आतंक मच्चिएको छ ।
हरेक वर्ष स्टाफ कलेजका लागि ४० जना डिएसपी छनोट हुन्छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।