Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली कन्सल्ट्यान्सीकोलुट धन्दा सार्वजानिक, एउटै घरमा ७ कन्सल्ट्यान्सी

भरतपुर । नारायणगढ र भरतपुर क्षेत्रमा हरेकजसो घरमा कन्सल्ट्यान्सी सञ्चालनमा छन् ।  तर, एउटै घरमा सात वटासम्म कन्सल्ट्यान्सी सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम ढुंगानाले भने, ‘एउटै घरमा सात वटासम्म कन्सल्ट्यान्सी रहेछन्, तर एउटै दर्ता छैनन् ।’
उनका अनुसार हालसम्म ६० वटाको अुनगमन गरिएकोमा ८ वटामात्र वैध दर्ता भएको पाइएको ढुंगानाले बताए । अवैध रुपमा सञ्चालनमा रहेका कन्सल्ट्यान्सी हरेकजसो घरमा रहेको उनले बताए । सोमबार गरिएको अनुगमनमा पनि १४ वटा कन्सल्ट्यान्सी अवैध भेटिएपछि दर्ता नहुन्जेल बन्द गर्न निर्देशन दिइएको छ ।
प्रशासनले सम्बन्धित कन्सल्ट्यान्सीलाई ठाउँको ठाउँ पत्र थमाउने गरेको छ । जिल्ला प्रशासन कार्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृत नलिई सञ्चालनमा रहेका कन्सलटेन्सीहरुलाई बन्द गर्न निर्देशन दिएको छ ।
चितवनमा चर्चित भनिएका कन्सल्ट्यान्सी नै अवैध भेटिएका छन् । एकाएक कन्सल्ट्यान्सी बन्द भएपछि विद्यार्थी भने चिन्तामा परेका छन् ।
१८ वटा अनुगमन गरिएकोमा १४ वटा दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको उनले बताए । अनुगमनका क्रममा प्रायःजसो अवैध भेटिएपछि प्रशासनले उनीहरुको नाममा सार्वजनिक सूचना जारी गरेको छ ।
तोकिएको समयभित्र दर्ता नभए सञ्चालन हुन नदिने र सञ्चालन भएको सूचना पाइएमा कानुनी कारबाही गरिने अनुगमनमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।
वैदेशिक शिक्षाका लागि मध्यस्तकर्ताको काम गर्दै आएका चितवनका अधिकांश चर्चित कन्सलटेन्सीहरु अवैध भेटिएका छन् । निपोन एकेडेमी कन्सलटेन्सी, युनिक क्याम्पस एजुकेशन कन्सलटेन्सी, पोसिबल इन्टरनेशनल कन्सलटेन्सी, ग्लोबल रिच कन्सलटेन्सी र अमेरिकी इन्टरनेशनल एजुकेशन सेन्टरलगायतका कन्सलटेन्सीहरुलाई बन्द गर्न निर्देशन दिइएको छ ।
अनुगमन अधिकृत शर्माका अनुसार अन्य अवैध संस्थाहरुमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ, म्याक्सओए इन्टरनेशनल, मोभिरा ओभरसीज मेनपावर कम्पनी, माउण्ट कन्चन इन्टरनेशनल मेनपावर, दाइसुकी इन्टरनेशनल, शिक्षा मन्त्रालयमा दर्ता बिना संस्था सञ्चालन गरिरहेकोले ती संस्थाहरुलाई बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए ।
यसैगरी अनुगमन टोलीले नारायणगढको इन्टरनेशनल मोर्डन फेसन डिजाइन, विशेक होमियो फार्मेसी, मनिक ट्राभल्समा अनुगमन गरेको हो । यी संस्थाहरु पनि दर्ता नगरी सञ्चालन भइरहेको बजार अनुगमन अधिकृत शर्माले बताए । दिपेन्द्र अधिकारीले चितवन पोष्टमा लेखेका छन् ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्