Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी हुदैँछ, भारत र चिन बिच खटपट, १० चिनियाँ नागरिकलाई भारत छाड्न आदेश


एजेन्सी,भारत । भारत र चिन बिच सम्बन्धमा कटुता आएको छ । भारतको ओडिसा सरकारले १० चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिए पछि चिन र भारत बिच खैलाबैला मच्चिने भएको हो ।

भारतको एक कम्पनिमा कार्यरत चिनियाँ नागरिकहरुलाई भारत छाड्न आदेश दिइएको हो । चिनियाँ नागरिकहरुलाई भारत छाड्न १७ जून अर्थात् साउन ३ गतेसम्मको समय दिइएको बीबीसीले जनाएको छ ।

ओडिशाका गृह सचिव असित त्रिपाठीका अनुसार यो आदेश भारतको केन्द्र सरकारको निर्देशनअनुसार दिइएको हो किनकी चिनियाँ नागरिक कार्यरत स्थान ‘व्हीलर आइल्याण्ड’ अर्थात् एपीजे अब्दुल कलाम टापूको नजिकै छ, जसलाई भारतको संवेदनशील सुरक्षा प्रतिष्ठान मानिन्छ ।

भद्रकभन्दा १५ किलोमिटर टाढा रहेको यस टापुबाट आकाश, अग्नि, धनुष र पृथ्वी जस्ता मिसाइलको प्रक्षेपण गरिन्छ ।

गृहसचिव त्रिपाठीले पत्रकारहरुसँग भने चिनियाँ नागरिकहरुलाई भारत छाड्ने आदेश भद्रक प्रही अधीक्षक निहार रञ्जन दासमार्फत् पठाइएको छ । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्