Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कसैलाई दोष नदिनु,यो नम्बरमा फोन गरिदिनु’भन्दै आत्महत्या !


काठमाडौं । ‘मर्निङवाकमा जान्छु’ भन्दै घरबाट निस्किएका ५२ वर्षीय गोपिकृष्ण बस्ताकोटीले काठमाडौं मेडिकल कलेज (केएमसी) को चौंथो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् । 
काठमाडौंको चावहिल स्थायी घर भएका बस्ताकोटी मंगलबार विहान करिब पाँच बजे मर्निङवाकमा निस्कीएका थिए । मोर्निङवाक गर्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका बस्ताकोटी चौंथो तलामा जुत्ता खोलेर हाम फालेको प्रहरीले जनाएको छ ।
‘मंगलबार बिहान करिब ६ बजेर पचास मिनेट जाँदा बस्ताकोटी चौथो तलाबाट हाम फालेको देखिन्छ’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्किले भने, ‘बास्ताकोटीको जुत्ता चार तल्लामाथि भेटियो, उनको साथमा ‘कसैको दोष छैन’ भनेर लेखिएको कागजको ठुक्रा भेटिएको छ ।’
हामफाल्नासाथ केएमसिको इमर्जेन्सी कक्षमा पुर्याइएपनि बेडमा राख्नासाथ उनको मृत्यु भएको थियो । ‘आत्महत्याको कारण खुल्न सकेको छैन’ डिएसपी कार्किले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’ बास्ताकोटीको शव पोष्टमार्टमका लागी टिचिङ हस्पिटल पठाइएको छ ।
चावहिलमा फर्निचर शोरुमसमेत सञ्चालन गर्दै आइका बस्ताकोटीको खुट्टा र छातीमा चोट लागेको छ । उनले लेखेको कागजको टुक्रामा ‘कसैलाई दोष नदिनु, लाश बुझ्नका लाागी यो नम्बरमा फोन गरिदिनु’ भन्दै आफ्ना भाई राजु बस्ताकोटीको नम्बर लेखिएको डिएसपी कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्