Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा र ओलीको गोप्य वार्तामा प्रचण्डका यस्ता कुरा: सरकार परिवर्तनका कुरा सकिए !

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवावीच गोप्य भेटवार्ता भएको समाचार छ । सरकारको कामकारवाहीलाई लिएर असन्तुष्टी पोख्दै आएका काँग्रेस सभापति देउवा एक्कासी बालुवाटार बैठकमा सहभागी भएपछि राजनीतिमाले अर्कै तरंग लिएको छ ।
 स्रोतका अनुसार करिव डेढ घण्टा भएको भेटवार्तामा उनीहरुवीच सरकार परिवर्तनवारे समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले देउवालाई आफू नेतृत्वको सरकार ढाल्न फेरि पनि प्रचण्डलाई बोकेर हिँड्नुभएको छ कि कसो भन्दै प्रश्न गरेपछि जवाफमा देउवाले भने,‘प्रचण्डजीलाई मैले विश्वास गर्न छोडिसँके , तपाई चिन्ता नर्गनुस् भनेका थिए स्रोतले भन्यो ।

देउवाले ओलीलाई आफूलाई प्रचण्डले एक पटक धोका दिईसकेकोले अब फेरि विश्वास गर्ने आधार नै नभएको भन्दै तत्काल सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पारेको बुझिएको छ ।

ओली र देउवावीच सरकार परिवर्तन लगायत आगामी दिनमा कसरी जाने भन्नेवारेमा समेत विशेष कुराकानी भएको स्रोतले जनाएको छ । सरकारले पूर्ननिमाण लगायत संविधान कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको देउवाको गुनासो रहेको थियो । 

देउवाको उक्त गुनासो लगत्तै ओलीले एमाले र काँग्रेसवीच राष्ट्रिय सहमति कायम गर्ने र संविधानको प्रभावकारी कार्यान्वयनको विषयमा साझा धारणा बनाउनेवारे छिट्टै सहमति गर्नु पर्ने बताएका थिए । 
 स्थानीय निकायको निर्वाचन गर्ने, आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने र चिसिएको नेपाल–भारत सम्बन्धलाई सुधारका वारेमा विशेष संयन्त्र बनाउने पनि कुरा भएको बुझिएको छ ।

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्