Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएलसीको नतिजा सार्वजनिक हुदै, यस्तो छ, रिजल्ट हेर्ने तरिका !

काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । तर नतिजा बिगतको जस्तो श्रेणी छुट्याउने आउने छैन भने विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरेर सार्वजनिक हुन लागेको हो । 
सबै तयारी सकियो,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ‘बिहीबार अपरान्ह नतिजा सार्वजनिक गर्दैछौ ।’ उनका अनुसार गतवर्ष भन्दा ढिला परीक्षा भएपनि कार्यालयले चाडै नतिजा सार्वजनिक गरेको हो ।  
पनिकाकाअनुसार एसएलसी परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । यसले बिगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन । 
कुन विद्यार्थीको सिकाई क्षमता कुन समूहमा र्पयो भन्ने छुट्याएर ल्याउन लागेको हो । 
यसरी हेर्नुस नतिजाः
अहिलेसम्म एसएलसी नतिजा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो तर यो बर्ष फेल, पास र डिभिजन हुने छैन । विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज  (स्तरीकृत अंक) थाहा पाउने छन् । 
ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । 
यो व्यवस्था वेभसाइट मार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ ।  एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् । 
त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी, शिक्षा विभागको डीओई डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी, नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिन्छ । 
यस मध्ये नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त र्गयो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिने छ । 

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्