Logo
१२ बैशाख २०८१, बुधबार
(June 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिष्मा र पासाङ्गलाई राहत: नयाँ शक्तिमा स्नातक पासको प्रावधान प्रस्ताव फिर्ता

काठमाडौं । नयाँ शक्तिमा स्नातक पासको प्रावधान प्रस्ताव फिर्ता भएको छ ।  नयाँ शक्ति नेपालबाट सांसदमा उठ्न स्नातक पास हुनुपर्ने चर्चा सामाजिक सञ्जालमा तीव्र छ तर नयाँ शक्तिले भने आफ्नो विधानबाट यो व्यवस्था हटाइसकेको छ । 
यो सगै उक्त पार्टीमा रहेका करिष्मा मानन्धर, पासाङ्ग सेर्पा लगायतका स्नातक फेल नेताहरुलाई राहत मिलेको छ । 
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नायिका तथा नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरसँग जोडेर स्नातक पासको विषयलाई उछालेका थिए । करिश्मा ‘अन्डर एसएलसी’ हुन् । यदि स्नातक पासको प्रावधान राखिएको भए उनको नयाँ शक्तिबाट सांसदमा उठ्ने ढोका बन्द हुन्थ्यो ।
नयाँ शक्ति नेपालका एक नेताका अनुसार विधान बनाउने क्रममा भएको बन्द छलफलमा सांसद बन्न स्नातक पास हुनुपर्ने प्रस्ताव आएको थियो । तर, बन्दसत्रले यसमा कुनै निर्णय गरेको थिएन ।
नयाँ शक्तिका नेताहरु त्यतिबेला आश्चर्यमा परे जब छापिएर आएको विधानमा स्नातक पासको वाध्यकारी प्रावधान थियो । बन्द छलफलमा धेरै नेताले यो व्यवस्थाको चर्को विरोध गरे । यसबारे सामाजिक सञ्जालमा चर्चा चुलिएपछि बन्दसत्रमा ‘हंगामा’ नै भएको ती नेताले बताए ।
छापिएको मस्यौदामा राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने व्यवस्था पनि उल्लेख थियो, जबकि नयाँ शक्तिले केन्द्रीय कमिटी नबनाइकन हालको अन्तरिम केन्द्रीय परिषदलाई नै निरन्तरता दिने निर्णय गरिसकेको थियो ।

प्रकाशित मिति: Jun 15, 2016

प्रतिक्रिया दिनुहोस्