Logo
१५ चैत्र २०८०, बिहीबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सुरक्षित छ भनेर देखाउना टिबीडाँडामा नौमती बाजा बजाउँदै

भोला लामिछाने , यूरोप  । स्पेनको पर्यटकीय स्थल बार्सिलोनामा रहेको टिबीताबो डाडामा “NEPAL PROMOTION DAY 2016” नाम दिएको कार्यक्रम हुने भएको छ। 
गत बर्ष पनी उक्त डाडामा कार्यक्रम गरिएको थियो। यस NEPAL PROMOTION DAY 2016 मार्फत नेपालको पर्यटन प्रबर्दन गर्दै नेपाली समुदायको भेषभुषा, रहनसहन, कला संस्कृति साथै रिति रिवाज पेश गरि स्पेनिश समुदायको माझमा नेपाल तथा नेपाली हरुलाई चिनाउदै महाभूकम्प पछि को अवस्थामा पनि नेपाल भ्रमण गर्न सुरक्षित रहेको छ ।
भन्ने संदेश प्रबाह गर्न पाउनु हामी सबैको गौरबको बिषय भएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले जनाएको छ। साथै बेलायतका नेपालीहरुको नौमती बाजा समेत उक्त कार्यक्रमको प्रमुख आकर्षण रहने आयोजकले बताएका छन।
कार्यक्रम सफल रुपमा सम्पन्न गर्न एन आर एन ए स्पेनका अध्क्षय मुक्त बहादुर गुरुङको सयोजकमा विभिन्न समिति हरु बनाइएको छ। संयोजक :- मुक्त बहादुर गुरुङ, नौमती बाजा ब्यबस्थापनमा शालिकराम डुम्रे र दिनेश गुरुङ, प्रशासकीय संयोजनमा उमेश प्रसाद अधिकारी प्रचार प्रसार संयोजनमा राम प्रसाद सापकोटा “बिराज” र दिपक क्षेत्री त्यस्तै स्टल ब्यबस्थापनमा दावा ऋषी श्रेष्ठ र सुबाश रानाभाट रहेका छन्। अतिथि सत्कार महिला फोरम र नेपाली पाठशालाले गर्ने भएका छन् यातायात ब्यबस्थापनको जिम्मा सुनील रानाभाटले गर्ने छन् उता स्वयम् सेवक ब्यबस्थापन भने गौतम गुरुङ ले गर्ने भएका छन्।
कार्यक्रम समन्वय कार्यक्रम स्थल सम्बन्धीमा राजु समशेर थापा सन्दिप मोहन भट्टराई र दावा ऋषी श्रेष्ठ गरी ३ जना हुनुहुन्छ। आर्थिक संयोजकमा भने संघका कोषा अध्यक्ष पेशल कुमार कोइरालासगै सम्पूर्ण संघ संस्थाका कोषाध्यक्ष हरु सदस्य रहने बताईको छ। मंच ब्यबस्थापनमा बिनिता रेग्मी खनाल, कलाकार संयोजन सुमीत्रा सापकोटा घिमिरे र तुलसी सिवाकोटी, टि-सर्ट छपाइ शालिकराम डुम्रे र प्रकाश तिमिल्सीना क्रमसः हुनुहुन्छ। मिडिया पार्टनरमा स्पेनमा रहेका ३ वटा मिडिया नेपाली वेभ,  नेपाली नेपाली डट र स्पेन खबरलाई जिम्मा दिएको एन आर एन ए स्पेन ले जनाएको छ।

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्