Logo
११ बैशाख २०८१, मंगलबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयां कार्यसमिति चयन गर्दै एनआरएनको क्षेत्रिय अधिवेसन भब्यताका साथ संपन्न

 बेल्जियम । ओष्टण्ड क्षेत्रिय समितिले नयां कार्यसमिति चयन  गर्दै क्षेत्रिय अधिवेसनले भब्यताका साथ संपन्न । एनआरएन बेल्जियमले सेन्त्रादुन, लुभेन, गेण्ट, ब्रसेल्स, आन्त्रोपेन क्षेत्रिय समितिको अधिवेसन संपन्न गर्दै यहि १२ जुनमा ओष्टण्ड क्षेत्रिय अधिवेसन संपन्न गर्दै नयां कार्यसमिति चयन गरेको छ।
एआरएन, बेल्जियमका अध्यक्ष गगांधर गौतमको अध्यक्षतामा संपन्न सो कार्यक्रमलाई अध्यक्षको आसनबाट बोल्दै एनआरएन, बेल्जियममा भएका गतिबिधिको बिषयमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा आईसिसि सदस्य नेत्र मगर, एनआरएन, बेल्जियमका उपाध्यक्ष पदम गुरुगं, यूवा संयोजक चिनिया दुवालले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा आगन्तुक अतिथि तथा उपस्थितहरुलाई स्वागत क्षेत्रिय समयोजक धर्म पाठकले गर्नु भएको थियो।
सो क्षेत्रिय अधिवेसनले धर्म पाठकको अध्यक्षतामा उपाध्यक्ष भरत पन्त, सचिव सुदर्शन घिमिरे, सह सचिव सदस्यहरु खेम न्यौपाने, तिर्थ पाठक, रुपा शाक्य, तथा सल्लाहाकारहरु मिना गुरुगं, धर्मदत्त वाग्ले र दिर्घ श्रेष्ठ चयन हुनु भएको छ ।
कार्यक्रम संचालन गर्दै एनआरएन, बेल्जियमका महासचिव लोक दाहाले एनआरएन, बेल्जियम केन्द्रिय परिषदमा ओष्टड क्षेत्रबाट कोहि पनि प्रतिनिधित्व नरहेकोले आगामी कार्यसमिति चयानमा यो बिषयलाई ध्यान दिनु पर्ने बताउनु भयो । अध्यक्ष लगएत संपुर्ण उपस्थित सदस्यहरुले नयां कार्यसमितिका सदस्य तथा सल्लाहाकारहरुलाई बधाई तथा कर्यसफलताको सुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्