बौद्धिक अपाङ्गको सहयोगमा अमेरिकी नेपाली (भिडियोसहित)
हेरिवर्ग (अमेरिका) । अमेरिकामा रहेका नेपाली युवाहरुद्वारा सञ्चालित ‘यूएसए नेपाल डटनेट’ अनलाईनले झापामा रहेका बौद्धिक अपाङ्गहरुलाई सहयोग गर्ने अभियान शुरु गरेको छ ।
जिल्लाको सुरुङ्गामा रहेको सुस्त मनः स्थिति सरोकार समाज–नेपालमा आश्रित ७ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्न लागिएको हो ।
त्यहाँ एउटा घर भाडामा लिएर बालबालिकाहरुलाई संस्थाले आवासिय सेवा दिइरहेको छ ।
‘जिल्ला विकास समिति र नगरपालिकाले गर्ने सीमित सहयोगले मात्र यो काम सम्भव छैन ।’, प्रधान सम्पादक मोहन अधिकारीले भने, ‘कार्यसमितिका पदाधिकारीहरु आफैंले समेत उनीहरुको पालनपोषणका लागि रकम खर्च गरिरहेको बुझेपछि सहयोग अभियान शुरु गरेका हौं ।’
‘आउनुहोस्, तपाईं हामी हातेमालो गरौं । फरक क्षमता भएका बालबालिकाहरुको साहारा बन्ने कोसिश गरौं ।’ भन्ने नारासहित अभियान शुरु सञ्चालन गरिएको छ ।
उनीहरुलाई सहयोगका लागि ‘गोफन्ड मि’ एकाउण्ट खोलिएको छ । (https://www.gofundme.com/childatnepal
जम्मा भएको रकमलाई यूएसए नेपाल डटनेटका प्रतिनिधिहरुले नेपालमै पुगेर यही जुलाईमा हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भएको छ ।
उनीको अभियान र बच्चाहरुको बारेमा विस्तृत जानकारीका लागि तलको भिडियो हेर्नुहोस्ः–