Logo
८ बैशाख २०८१, शनिबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कडा आपत्ती सहित आन्दोलनरत गठबन्धन बैठक सकियो


काठमाण्डौ । सरकारी प्रतिबद्धता माग्दै आन्दोलनरत संघिय गठबन्धनको  बैठक सकिएको छ भने सयूक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले वार्ता आह्वानसहित पठाएको पत्रबारे छलफल गर्न बसेको संघीय गठबन्धनको बैठक वार्ताको विश्वासिलो आधार तय गर्न सरकारलाई आग्रह गर्दै सकिएको हो  । 
राजधानीको तीनकुनेस्थित संघीय समाजवादी फोरम कार्यालयमा गठबन्धन बैठक सकिने बित्तिकै, मधेसी मोर्चाको बैठक सुरु भएको छ । बैठकले वार्ताका लागि विश्वासिलो आधार बनाउन, गठबन्धनले बुझाएको २६ बुँदे मागपत्र सम्बोधनको प्रतिबद्धता जनाउन सरकारसमक्ष माग गरेको प्रवक्ता ओम गुरुङले बताए । 
प्रवक्ता परशुराम तामाङ ५ दिनअघि नया शक्तिमा प्रवेश गरेपछि गुरुङ आजैको बैठकबाट प्रवक्ता घोषित भएका हुन् । उनी आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका महासचिव हुन् । ओलीको पत्रमा मधेसी मोर्चालाई मात्रै सम्बोधन गरिएको भन्दै समाजवादी फोरमलगायत जनजाति घटकका नेताहरुले आपत्ति जनाएका थिए । 
संघीय गठबन्धनलाई चिठी आएमात्रै वार्ताबारे सोच्न सकिने अडान राखिरहेका छन् । तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीलगायत मधेसवादी दल भने हालसम्मको आन्दोलन र वार्ता मधेसी मोर्चाकै नाममा भएकाले प्रधानमन्त्रीको पत्रमा त्यसलाई स्वीकार गरिएको हुदा पत्रलाई सकारात्मक रुपमा लिइनुपर्ने तर्क गरिरहेका छन् ।
बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङ्देन लगायतका नेताहरु सहभागी रहेका थिए । प्रधानमन्त्री ओलीले जेठ ३० गते मधेसी मोर्चाआबद्ध दललाई सम्बोधन गर्दैै वार्ता आह्वानसहित पत्र पठाएका थिए । 

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्