Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसानलाई पेन्सन नभए यसकारण कृषि परियोजना अगाडी बढ्दैन !

काठमाडौं । किसान पेन्सन कार्यक्रम शुरु नभएमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना अगाडी बढ्न नसक्ने कृषि विकास मन्त्री हरिबोल गजुरेलले बताएका छन् । 
एउटै प्राथमिकतामा राखेर कृषि मन्त्रालयले पठाएको कार्यक्रम छुटाएर अपाङ्ग बनाईएको भन्दै किसान पेन्सन विना प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना अगाडी बढ्न नसक्ने बताए ।
बिहीबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले भने ‘यदी हामी किसा पेन्सन स्कीममा अगाडी जान सकेनौँ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना अगाडी जान सक्दैन ।’ 
सरकारले कृषि मन्त्रालयले बनाएको कार्यक्रमको गम्भिर्यता नबुझेकोले यो कार्यक्रमका लागि छुट्याएको ५ अर्ब फेरि अर्को वर्वादीमा जाने उनको भनाई छ ।
उनले कृषि मन्त्रालयले प्रस्ताव गरेका किसान पेन्सन, प्रधानमन्त्री कृषि परीयोजना, जमिन बाँझो नराख्ने लगायतका कार्यक्रम एक अर्काका परीपूरक भएकोले पनि एक विना अर्को कार्यक्रम संभव नहुने बताए । 
‘आम किसानलाई कृषिमा भविष्य छ भन्ने कुराको सुनिश्चितता भएन भने त्यो कसरी सफल हुन्छ रु’ उनले भने ‘१० करोड त जमिन बाँझो नराख्ने कार्यक्रमको लागि छुट्याएका छौँ ।’
ब्यापक छलफल गरी कार्यक्रम बनाएर किसान पेन्सनको कार्यक्रम ल्याईएकोले यो कार्यक्रम सफल हुने उनको दावी छ । यसको विषयमा संसदमा पनि कुरा उठेका र आफूले अर्थमन्त्रीसंग कुरा गरिसकेको उनले बताए ।
स्वदेशी लगानीको पहिलो कृषि परियोजनाको रुपमा कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना शुरु गर्न लागेको हो ।
१० वर्षमा लागि १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्ने गरी तयारी गरिएको उक्त परियोजनाका लागि आगामी आर्थिक वर्षमा ५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरीएको छ ।
परियोजना कार्यान्वयनका लागि मन्त्रालयले कृषि विकास मन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र कृषि हेर्ने सदस्यसहित १७ सदस्यीय निर्देशक समिति र कृषि विकास सचिवको अध्यक्षतामा १७ नै सदस्यीय परियोजना कार्यान्वयन समिति गठनको प्रस्ताव पनि गरेको छ ।

प्रकाशित मिति: Jun 16, 2016

प्रतिक्रिया दिनुहोस्