सीके राउत सवार भारतिय नम्बर प्लेटको गाडी बाराको बनगढी पुल नजिक दुर्घटना
काठमाडौं । मधेशलाई छुटै देश बनाउनु पर्ने तर्क गर्दे आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत सवार गाडी दुर्घटनामा परेको समाचार प्राप्त भएको छ ।
बारा जिल्लाको बनगढी पुल नजिक डा. राउतसहित परिवारजन तथा कार्यकर्ताहरु सवार भारतिय नम्बर प्लेटको स्कोरपियो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा भने कुनै क्षति नभएको डा. राउतका एक जना सहयोगीले बताए । डा. राउत परिवारसहित गढीमाईमा पुजा गर्न बारा पुगेका थिए ।
दिउँसो करिब चार बजेतिर गाडि दुर्घटनामा परेको थियो । विहीबार साँझ डा.राउत परिवारसहित जनकपुरधाम पुगेका छन् ।