Logo
१५ बैशाख २०८१, शनिबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमागृह ठेक्का विवाद विरुद्ध पोखराका बासिन्दा आन्दोलित


नरहरि पौड्याल, पोखरा । तत्कालिन अवस्थिामा राज परिवारले प्रयोग गर्ने गरेको पोखराको लेकसाईड स्थित रहेको हिमागृह भाडा प्रक्रियाबाट पछि हट्न  पोखराका बासिन्दाले चेतावनी दिएका छन् । यति एयरलाई पोखराबासी पोखरलीले चेतावनी दिएका छन् ।
राष्ट्रिय सम्पदाको रुपमा रहेको हिमागृह ठेक्का प्रक्रियामा यति एयरले हातपारेको जानकारी आएपछि विभिन्न संघ सस्थाले बुधवार यतिएयरको कार्यालय घेराउ गर्दै उडान ठप्प पार्ने चेतावनी दिएका हुन् ।
रत्न मन्दिरसँगै जोडिएको हिमागृह पोखरेली लागि ताल, हिमाल, वनजंगल तथा गुफा जस्तै ऐतिहासिक र प्राकृतिक महत्वको सम्पदा भएको बताउदै संघ सस्थाहरुले बिरोध गरेका हुन ।
पोखरा र बिभिन्न ठाउँहरुमा हुने अन्तरक्रिया र छलफलमा हिमागृह सहितको रत्न मन्दिर परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क र संग्रहालयका रुपमा संरक्षण गर्न माग गर्दै आएका थिए । 
तर उनिहरुको मागको कुनै वास्तै नगरि नेपाल ट्रस्टले बैशाख १८ गते हिमागृहलाई भाडामा दिन १५ दिने सूचना प्रकाशित गरेको थियो ।
यति एयरलायन्सका प्रबन्धक आङछिरिङ शेर्पा समुहले बार्षिक एक करोड पाँच लाख रुपैया दिने गरी टेण्डर हालेपछि ट्रस्टले उनलाई भाडामा दिने सार्वजनिक सूचाना जारीगरेको थियो ।
ट्रस्टले भाडा स्कारेको सूचना जारी भएपछि हिमा गृह भाडा प्रक्रियाबाट वाहिरिन नागरिक समाज र विभिन्न संघ संस्थाले चेतावनी दिएका हुन् ।
ट्रस्टले भाडामा दिनकोलागि टेण्डर आह्वान गरेसंगै पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको थियो । 
पर्यटकका लागि आवश्यक शौचालय, सिसि क्यामेरा जडान, टिकट घर जस्ता पूर्वाधार निर्माण प्रक्रिया, प्रवेश टिकट छपाउने काम लगायतका काम अगाडी बढाएको थियो ।
ठेक्का प्रक्रिया नै पुरागरी सञ्चालनको तयारीमा पुगेको जानकारी सार्वजनिक भएपछि पोखरेलीहरु यति एयरलायन्स बिरुद्ध लागेको हुन् । 
यस प्रक्रियाबाट पछिहट्न चेतावनि दिदै पछि नहटे यति एयरका सबै पोखरा उडान ठप्प पार्ने चेतावनी दिएका हुन् ।
नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले पोखरामा रहेका राष्ट्रिय सम्पदा संरक्षणको लागि जस्तो सुकै आन्दोलन पनि गर्न तयार रहेको बताए ।
नागरिक समाज पोखराको संयोजकत्वमा बुधवार पोखरेली पर्यटन ब्यवसायी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा यति एयरको पोखरा कार्यालय र हिमा गृह अगाडि खबरदारी सहितको ब्यानर टासेर नारावाजी गरिएको हो ।
पर्यटन ब्यवसायी अग्नी कंडेलले विभिन्न वाहानामा पोखराको सम्पदामाथि हस्तक्षेप भैरहेको भन्दै उनले हिमागृहलाई ब्यवसायीक प्रयोजनमा लगाउन नहुने बताए । हिमा गृहलाई आधार बनाएर अन्य सम्पदामाथि पनि हस्तक्षेप हुन सक्ने भन्दै पोखरेलीले आक्रोश पोखेका हुन् ।
भाडामा दिने निणयको बिरुद्धमा पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली ,नेपाल बिद्यार्थी संघका नेता सरोज केसी, नागरिक समाज,पर्यटन संग आवद्ध विभिन्न संघ संस्था र पोखरेलीले बिरोध जनाएका छन्।
सार्वजनिक सम्पत्ती बचाउ आन्दोलनको नाम दिएर सुरु भएको बिरोध अन्तर्गत एतिहासिक सम्पदा माथि भैरहेको ठेक्का प्रक्रिया खारेज गर्न,सार्वजनिक सम्पत्ती सार्वजनिक हितकै लागि प्रयोग गर्न र रत्न मन्दिर सहित हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्न माग गरिएको छ ।
रत्न मन्दिर असार दोस्रो सातादेखि सर्बसाधारणलाई खुल्ला गर्ने तयारी छ । ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि एक हजार, नेपाली नगरिकका लागि एक सय र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ । 
फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरवारको भित्री संरचना ढुङ्गामा कुँदिएका आकर्षक कलाले सजाइएको छ।
फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए। 
विगतमा पूर्वराजाहरूको पोखरा भ्रमणका क्रममा बस्ने गरिएको सो दरबार १० रोपनी ४ आना क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्