Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढनुस: सत्तारुढ तीन दल भित्र भित्रै यस्तो सकस !


काठमाडौं । बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने या यही सरकारलाई निरन्तरता दिने विषयमा देखिएको विवादका कारण सत्तारुढ तीन दल फुटको संद्दारमा पुगेका छन् । 
प्रमुख सत्तारुढ दल नेकपा एमाले तथा सत्तारुढ दलहरु मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको संघारमा पुगेका हुन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारलाई विस्तापित गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले सार्वजनिक कार्यक्रममा नै बताएका छन् । यसले एमालेमा खटपट देखिएको छ ।
सरकारमा रहेर संविधान कार्यान्वयनका विषयमा काम गर्न नसकेको भन्दै पार्टीभित्रै ओलीको आलोचना बढेको हो । पार्टीका बैठकहरुमा कि काम गर्नुप¥यो नभए सरकार छोड्नु प¥यो भन्ने आवाज वुलन्द रुपमा आएको निकट स्रोतले बतायो ।
यता, सरकार छोड्ने या सरकारमा नै रहने भन्ने विषयमा अर्को सत्तारुढ दल फोरम लोकतान्त्रिकमा विवाद देखिएको छ । पार्टीको लाइनविपरित सार्वजनिक रुपमा बोलेको भन्दै पार्टी उपाध्यक्ष जितेन्द्र देवलाई आत्मालोचना गर्न पठाइएको स्रोतले बतायो ।
उपाध्यक्ष देवले आठबुँदे सम्झौता लगायत सरकारका काम कारबाहीमा असन्तुष्टि जनाउँदै फोरम लोकतान्त्रिकले एमाले नेतृत्वको सरकार छाड्ने लगभग निश्चित भएको बताएका थिए । 
सरकार छाड्ने विषयमा पार्टीको धारणा विपरित बोलेको भन्दै केन्द्रीय समिति बैठकमा उनको आलोचना भएको नेता रामजनम चौधरीले जानकारी दिए ।
पर्टीमा आफ्नो आलोचना भएपछि देवले पार्टी फुटाउनका लागि सभासदलाई आफ्नो पक्षमा पार्न गोप्य बैठकमा व्यस्त रहेको बताइन्छ । त्यस्तै अर्को सत्तारुढ दल राप्रपामा पनि सरकारमा बस्ने या छोड्ने भन्ने विषयलाई लिएर विवाद देखिएको छ । 
जसका कारण अध्यक्ष लोकेन्द्रबहादुर चन्द र नेता पशुपति समशेर जवरावीच विवाद बढेको एक सदस्यले बताए ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्