Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन २७ जना नक्कली डाक्टर ! सिआईबीले लगाए सबैलाई हत्कडी


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबीले’ देशभर अपरेशन सञ्चालन गरेर २७ भन्दा बढी डाक्टरहरुलाई हत्कडी लगाएको छ । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्चमाध्यमिक शिक्षा परिषद् र केन्द्रिय अनुसन्धान ब्युरोले संयुक्त रुपमा शुरु गरेको अपरेशन क्वाक अन्तर्गत शुक्रबार ठूलो संख्यामा डाक्टरहरु पक्राउ परेका हुन् । 
रातोपाटी अनलाइनमा उल्लेख समाचार अनुसार प्राप्त सुचना अनुसार पक्राउ परेका नक्कली डाक्टरहरुको संख्या अझै बढ्न सक्छ । यद्यपी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कती डाक्टर पक्राउ परेका हुन भन्नेबारे औपचारिक पुष्टि गरेको छैन् । शुक्रवार साँझसम्म ५० जना डाक्टर समात्ने सिआईबीको टार्गेट थियो ।
पछिल्लो समय सिआईबीले दुई सयजना डाक्टरमाथि निगरानी बढाएर अपरेशन क्वाक जारी राखेको थियो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा नक्कली सर्टिफिकेट पेश गरेर जागिर खानेको संख्या बढेपछि केन्द्रिय अुनसन्धान ब्युरोले त्यस्ता डाक्टरको विरुद्ध गहन अनुसन्धान अगाडी बढाउँदै आएको थियो । 
शुक्रबार पक्राउ परेकामध्ये धेरै डाक्टरहरु तराई क्षेत्रबाट समातिएको सिआईबी स्रोतले जनाएको छ । नक्कली सर्टिफिकेट धारी डाक्टर समात्न सिआईबीले शुक्रबार देशभर विशेष टोली परिचालन गरेको बताईएको छ । 
विराटनगरबाट ३ जना 
नक्कली सर्टिफिकेटधारी ३ जना डाक्टर विराटनगरबाट समातिएका छन् । पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा। जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा। सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा। अब्दुल कलाम हक रहेका छन् । मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीन जना चिकित्सकलाई पक्राउ गरिएको पुष्टि गर्दै भने, ‘सिआईबीको विशेष टोलीले उनीहरुलाई अस्पतालबाट पक्राउ गरेको हो ।’

चितवनबाट ३ जना 
नक्कली शैक्षिक प्रमाणपत्रको भरमा काम गर्दै अएका ३ जना चिकित्सकलाई सिआईबीले चितवनबाट पक्राउ गरेको छ । चितवनबाट पक्राउ पर्नेहरुमा डा। रजनी अग्रवाल, डा। सुनिल आचार्य र डा। राजन पुरी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजको आकमस्मिक उपचार कक्ष बाहेक अरु सबै शाखामा कार्यरत चिकित्सकका साथै निजी अस्पताल, नर्सिङ होम, क्लिनिकका चिकित्सकहरु काम ठप्प पारेर हड्तालमा उत्रिएका हुन् ।
डाक्टरहरु काम नै ठप्प पारेर हड्तालमा उत्रिएका कारण विरामी र सेवाग्राीहरु मर्कामा परेका छन् । काठमाडौंबाट सिआईबीका डिएसपी फिरोज बस्नेतको नेतृत्वमा गएको टोलीले पर्सा प्रहरीको सहयोगमा ९ जना चिकित्सकहरुलाई उनीहरु कार्यरत अस्पताल र क्लिनिकबाटै शुक्रबार बिहान १० बजे पक्राउ गरेको थियो ।
मेडिकल शिक्षा एमबीबीएस पढ्दा आइएससीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिआईबीले उनीहरुलाई पक्रेर लगेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । पक्राउ पर्नेहरुमा नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत डाक्टर सरोज सिंह, डाक्टर कुशराज गिरी र डाक्टर पन्नालाल पटेल, नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टर मोहम्मद रहुल्ला खान, डाक्टर निमिष पाल राम, डाक्टर राम कुमार प्रधान, डाक्टर इश्रादुल हक तथा डाक्टर दिनेश साह र डाक्टर अरुण कुमार गुप्ता रहेका छन् । पक्राउ परेकाहरुलाई काडमाडौं ल्याईएको छ ।
चिकित्सक हड्तालमा :
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वीरगञ्जबाट ९ जना डाक्टरलाई पक्राउ गरेको विरोधमा वीरगन्जका सरकारी तथा नीजी अस्पतालमा कार्यरत चिकित्सकहरु हड्तालमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ पर्साको आह्वानमा वीरगन्जका सरकारी तथा नीजी अस्पताल, नर्सिङ होम र क्लिनिकका डाक्टरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
डाक्टरहरु पक्राउ परेको विरोधमा हड्तालमा उत्रिएका चिकित्सकहरुले अस्पतालको अप्रेशन थियटर, आकस्मिक कक्ष र क्लिनिकमा बिरामीहरुको उपचार गरिरहेकै अवस्थामा डाक्टरहरलाई सिआईबीको टोलीले अपहरणकारीको शैलीमा पक्रेको आरोप लगाएका छन् । नेपाल चिकित्सक संघ पर्साका निवर्तमान अध्यक्ष डाक्टर रबिन्द्र सिंहले प्रहरीले गुण्डागर्दी शैलीमा चिकित्सकहरुलाई अस्पताल परिसरबाटै पक्रेर लगेकाले विरोध गरिएको बताए ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्