Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरौं सहयोग: आर्थिक अभावले गोरख बहादुरको हुन सकेनन् उपचार

जाजरकोट । एक वर्ष पहिले देखी विरामी परेका विकट गाविस नायकवाडा ८ ताँसीका गोरख बहादुर सार्कीको उपचार हुन सकिरहेको छैन् । आर्थिक अभावमा दायाँ खुट्टा पाकेर घाउँ परेका सार्कीको उपचार हुन नसकेको हो । गत आउन १ गते देखि विरामी परेका गोरख बहादुर सार्कीले उपचार गर्न नसकेर ओछ्यानमै पल्टि रहेका छन् । सार्कीलाई दैनिक उनकी स्वास्नी विसुनी विकले वोेकेर दिसा पिसाव गराई रहेकी छन् ।
थोरै हलचल सम्म गर्न नसक्ने अवस्थामा पुगेका सार्की दाँया खुट्टा सुरुमा पोल्ने, झम्झमाउने, चिर्कीने जस्ता लक्षणहरु देखा परेको विस्तरामै पल्टिएर सार्कीले वताए । सहन नसक्ने गरी चिर्कीने खुट्टामा घाउँ परेर हाल एउटा औला झरी सकेको सार्कीको भनाई छ । 
आफुलाई कुन रोग लागेको भन्ने सम्म थाह नभएका सार्कीले घरमा आफुसंग कुनै आर्थिक श्रोत नभएका कारण कुनै उपचार गर्न नसकेको वताए । कमाउनलाई यार्सागुम्वा खोज्न डोल्पाको प्यारीगुफा भन्ने हिमालमा पुगेका सार्कीको खुट्टा पोल्न थालेपछि साथीहरुले वोकेर घरमा पुर्याएको सार्कीको भनाई छ ।
कम्जोर आर्थिक अवस्था भएका सार्कीले निरास हुदै भने–“आर्थिक अभावकै कारण म मृत्यूको मुख नजीक पुगिसकेछु तर के गरौं मर्छु भन्ने आफुलाई थाहा हुदा हुदै पनि मृत्युलाई जित्नु सिवाए अरु विकल्प मसंग छैन ।” घरमा आर्थिक श्रोत भएको भए नेपालगञ्ज, काठमाण्डौं लगाएतका ठाउँमा गएर आफुलाई लागेको रोग जचाँउने थिए ।
तर के गर्नु नेपालगञ्ज सम्म जाने गाडी भाँडा नभएर विस्तरामै कुहीरहेको छु भन्दै पत्रकारसंगको छलफलमा सार्की भक्कानिए । ३० वर्षिय गोरखबहादुर सार्कीकी स्वास्नी विसुनी विक २५ वर्षको उम्मेरकी छन् । उनीहरुका ८ वर्षिय छोरा राजेश नेपाली कक्षा २ मा स्थानिय विद्यालयमा पढीरहेका छन् भने, छोरी डिलमाया नेपाली ३ वर्षको उम्मेरमा प्रवेश गरेकी छन् । 
सार्कीको गाउँमा रहेको २ रोपनी पाखो जमिन छ । २ रोपनी जमिनवाट उत्पादन भएको अन्नले घरमा खाना नपुगेर अर्काको घरमा मजदुरी गरेर सार्कीले परिवारको लालनपालन गरिरहेका थिए । एउटा पनि पशु चौपाय नभएका सार्कीको फुसको छानो भएको भुयासे सानो घर मात्र छ । पत्रकार दीपबहादुर घर्तीको सहयोगमा 

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्