उपेन्द्र महतोको बिचार : छानबीन गर्नलाई होईन, छानबीन गरेर मात्र समात !
उपेन्द्र महतोको आफनै परिचाय छ, सदभावना पार्टीका केन्द्रिय सदस्य समेत रहेका महतो समाजिक संजालमा निकै चर्चित ब्यक्तित्व हुन ।
खासगरी बेला–बेलामा उनले बनाएका ब्यङ्गात्मक कार्टुहरु निकै चर्चाको बिषय बन्ने गरेको हुन्छ ।
उनै महतोले आफना फेसबुकमा लेखेको बिचार जस्ताको त्यस्तै :
नक्कली प्रमाणपत्रको आशंकामा डाक्टरहरुलाई अभद्र ब्यावहार गरि अस्पताल, क्लिनिक तथा मेडिकल शिविरमा पसेर आतंककारी र अपहरण सैलीमा पक्राउ गरि लग्नु आपत्तिजनक छ।
दोषीलाई छोड्नु हँदैन तर शंकाको भरमा कसैलाई पनि छानबीनको लागी भनि समातेर उसको सार्वजनिक प्रतिष्ठासँग खेलवाड़ गर्ने अधिकार कसैको छैन। तसर्थ छानबीन गर्नलाई होईन, छानबीन गरेर मात्र कसैलाई समात्नु पर्छ।