Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसन पन्छाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलिया तिर

काठमाण्डौ । आन्दोलनरत सघिंय गठबन्धनका संयोजक समेत, मुख्य नेता तथा उपेन्द्र यादव राजधानी केन्द्रित आन्दोलनलाई बिचमै छाडी बिदेशतिर लागेका छन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादव अष्ट्रेलिया पुगेका छन् ।
उनका स्वकिय सचिव महेश चौरसियाले फेसबुमा लेखेका स्टाटस अनुसार नेपाली समय अनुसार यादवले शनिबार दिउँसो बाह्र बजे अष्ट्रेलिया को सिड्नी विमानस्थलमा अवरतरण गरेका छन् । 
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका यादवलाई अष्ट्रेलिया स्थित नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, नेपाली वाणिज्य दूत दिपक खड्का, संघीय समाजवादी फोरम नेपाल अष्ट्रेलिया समाज (नेफेसो) का अध्यक्ष धर्म तामाङले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।
सिड्नीस्थित विभिन्न नेपाली समाजका प्रतिनिधिहरुले समेत यादवको स्वागतमा विमानस्थल पुगेका थिए । संघीय समाजवादी फोरम नेपाल अष्ट्रेलिया समाजको निमन्त्रणामा फोरम नेपालका अध्यक्ष यादव शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुन साता लामो भ्रमणका लागि अष्ट्रेलिया प्रस्थान गरेका थिए ।
नेफेसो अष्ट्रेलियाका अध्यक्ष धर्म तामाङका अनुसार यादवले आइतबार त्यहाँ सांसदहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 
सिड्नीको संसद भवनमा आयोजित कार्यक्रममा अष्ट्रेलियाली राजनीतिक दलका नेता तथा सांसदहरुसँग भेटघाटको कार्यक्रम राखिएको नेसेफो अध्यक्ष तामाङले जनाकारी दिए । 
तामाङका अनुसार यादवले पूर्व अध्यागमन मन्त्री टोनी बर्क, सांसद सोफी कोटसिस, क्यान्टबरीका पूर्व मेयर कार्ल सालेह लगायततका नेताहरुसँग भेटघाट गर्नेछन् । 
तर, चौरसियाले आफना फेसबुकबाट उक्त स्टाटस राखेको केहि समयपछि डिलिट गरेका छन । 

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्