चिकित्सकहरु पक्रिने भन्दै चिकित्सक संघले दियो यस्तो चेतावनी
काठमाडौं । नेपाल चिकित्सक संघले देश ब्यापीरुपमा अस्पताल बन्द गर्ने चेतावनी दिएको छ । प्रहरीले नक्कली चिकित्सकहरु पक्रिए पछि चिकित्सक संघले यस्तो चेतावनी लिएको सरोकारवालाहरुले बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पर्सा, चितवन र विरानगरमा नक्कली भएको आरोपमा केहि चिकित्सकलाई पक्राउ गरेपछि संघले यस्तो चेतावनी दिएको हो ।
संघका अध्यक्ष अञ्जनीकुमार झाले सस्तो लोकप्रियता कमाउन सीआईबीले चिकित्सकमाथि धरपकड गरेको आरोप लगाए ।
उनले कार्यक्षेत्रमा खटिएका चिकित्सकमाथि नक्कली भएको आरोपमा पक्राउ गरिनु लोकतन्त्रमाथिकै ठाडो हस्तक्षेप भएको आरोप लगाउँदै यसविरुद्व आफूहरुले संघर्ष गर्ने बताए । यसै सम्बन्धमा आज दिउँसो संघको आकस्मिक बैठक डाकिएको छ । बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने छ ।