Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने


काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ ।

एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

उच्च माध्यामिक शिक्षा परिषदले आफूअन्तर्गतका उच्च माविका भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज जीपीए अन्तर्गत न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ । १ दशमलव ६ ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी पर्दछन् ।

सीटीईभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेका अनुसार यस कोर्सअन्तर्गत३३ वटा विषयको पढाइ सञ्चालन गर्ने निर्णय शुक्रबार गरिएको हो ।

उनका अनुसार ती विषयको पाठ्यक्रम तयार गरिसकेको छ । सीटीईभीटीले यस कोर्सलाई टीइ एसएलसी भनेको छ ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्