Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३६ नक्कली डाक्टरलाई लगियो जिल्ला अदालत

काठमाण्डौ ।  नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले न्यायीक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए।
काठमाडौंबाट समातिएका १५, पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु गरेर ३६ जनालाई अदालत उपस्थित गराएको हो। पक्राउ परेका डाक्टरहरूले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए।
‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेको उनले बताए । पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेको उनले बताए । 
सिलवालका अनुसार पक्राउ परेका डाक्टरको नक्कली सर्टिफिकेट हो भन्ने आधार भएर पक्रिएको उनले बताए । यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्