Logo
६ बैशाख २०८१, बिहीबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुल समुहले अखिर किन उडाउँदै छ, सूचना आयोगको खिल्ली ?

काठमाडौँ । अघिल्लो वर्ष अर्थात् २०७२ साल जेठ अन्तिम साता नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) माइतीघरमा भएको भ्रष्टाचारबारे यथार्थता बुझ्न पुगेका पत्रकारको टोलीमाथि एन्ट्यागका अध्यक्ष सुन्दरमान श्रेष्ठ, कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीलगायतको टोलीले दुव्र्यवहार गरेपछि तत्काल कारवाही गर्न माग नै गरिएको थियो । 
नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेलगायत उक्त दुव्र्यवहारको भत्र्सना गर्दै दोषीमाथि तत्काल कारवाही गर्न माग गरेका थिए । पत्रकार सिर्जना तिम्सिनासहितको टोलीलाई दुव्र्यवहार गरी सूचना नदिएपछि पत्रकार बालकृष्ण भट्टले सूचना उपलब्ध गराइदिन अनुरोध गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका थिए ।
पत्रकार भट्टको पुनरावेदनपछि राष्ट्रिय सूचना आयोगले सात दिनभित्र मागेबमोजिमको सूचना उपलब्ध गराइदिन एन्ट्यागलाई पत्राचार ग¥यो । तर, एन्ट्यागले त्यसको कुनै जवाफ पठाएन । त्यसपछि राष्ट्रिय सूचना आयोगले पटक–पटक सूचना उपलब्ध गराइदिन भन्दै एन्ट्यागलाई पत्राचार गरिसकेको छ । तर, एन्ट्यागले सूचना आयोगका ती सबै पत्रहरु रद्दीको टोकरीमा फाली दिएको छ ।
विगत एक वर्षदेखि सूचना उपलब्ध गराइदिन पत्राचार गर्दै आइरहेको सूचना आयोग एन्ट्यागको अगाडि निरीह बनेको छ । सूचनालाई नागरिक हक बताउने सूचना आयोग एउटा गैरसरकारी संस्थासँग निरीह बन्नुले पनि उसको औचित्यता कति छ भन्ने प्रश्न उठेको पीडित पक्षको भनाई छ ।
अधिकार सम्पन्न भए पनि एक गैरसरकारी संस्थाबाट मागेको सूचना उपलब्ध गराउन नसक्ने सूचना आयोगको कामकारवाहीप्रति औँला ठड्याउनुपर्ने पीडित पक्षको भनाई छ । यसै सम्बन्धमा एन्ट्यागलाई सात दिनभित्र सूचना किन उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले यही जेठ १३ गते पठाएको ताकेतापत्र यस प्रकारको छ ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्