Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्पविकसित मुलुक बाहेक, अस्थिर राजनीति पनि नेपालको परिचय बन्दै !

काठमाण्डौ । नेपाल विश्वमा एक अल्पविकसित मुलुकका रुपमा परिचित छ । अल्पविकसित मुलुक बाहेकको परिचय अस्थिर राजनीति पनि नेपालको परिचय बन्दै गएको छ । मुलुकका हरेक आर्थिक सूचकलाई लिएर विश्वका विभिन्न मुलकलाई विभिन्न भागमा राखेर दाज्ने गरिन्छ । त्यसैले पनि विश्व मञ्चमा नेपाललाई अल्पविकसित राष्ट्रका रुपमा परिभाषित गरिएको हुनुपर्छ ।
साथै विश्वका अमेरिका, बेलायत, जापान जस्ता दजनौं मुलुकलाई विकसित मुलुकका रुपमा परिभाषित गरिएको छ । यी मुलुक र नेपाललाई किन यसरी फरक किसिमले विश्लेषण र दाँज्ने कार्य गरियो त ? भन्ने विषयमा हामीले चर्चा गर्न अत्यातै जरुरी छ । नेपाल जस्ता गरिब मुलुक पनि छन् यो विश्व संसारमा तर हामस् सधैं गरिब नै हुनु पर्छ र ?
के हामी असक्षम छौं ?  यस बिषयमा गहिरो विश्लेषण हुन जरुरी छ ।  नेपाल के सानो मुलुक भएर नै अविकसित भएको हो त ? वा अन्य के कारण छ त ? नेपाल सबै भन्दा पहिलो दर्जाको सार्वभौम सत्ता मुलुुक पनि त हो । यस विषयमा आम नेपालीले गम्भिर भएर सोच्नुपर्ने अवस्था छ । अर्थात नेपालमा कुनै प्राकृतिक स्रोत र साधनको अभाव नै भएर  हो त ? हो भने के कुराको अभाव भयो त ? यी विषयमा समिक्षा कहिले हुने  ?
आर्थिक रुपमा पछाडि परेकै कारण नेपाल पछाडि परेको हो भन्ने कुराको प्रमाण खोज्न कही जान पर्दैन् ।  नेपालमा बजेट नभएर वा नपुगेर पनि अािर्थक  सम्बृद्धि नभएको होइन् । विडम्वना नेपालमा हरेक आर्थिक वर्षमा विनियोजन गरिने बजेट भने खर्च हुने गरेको छैन् । विनियोजीत बजेटको ४० प्रतिशत विकासे योजना कार्यान्वयनमा आउँदैन् । 
यति सानो स्केलको बजेट विनियोजन गर्दा त खर्च गर्ने क्षमता नेपालको प्रशासनले राख्दैन भने अझ बजेटको आकार बढाउँदै लैजाने हो भने प्रशासनले त्यो धान्न सक्दैन् । त्यसैले नेपालमा विगतमा आर्थिक वर्षलाई परिवर्तन गर्नुपर्ने विषयमा छलफल नभएको पनि होइन । तर नेताहरुको विचारमा स्पष्टता नआउँदा आर्थिक वर्षलाई असारमै कायम गरिएको छ ।
धेरैजसोले आर्थिक वर्षलाई चैत बनाउनुपर्ने र त्यसले असारे विकासलाई प्रभावीत नबनाउने भन्दै आएका थिए । तर त्यो कार्यान्वयनमा नआउँदा विकासे बजेट धेरै फ्रिज हुने गरेको छ ।
दुई छिमेकी ठुला मुलुकको बिचमा भएर पनि हामी आर्थिक रुपमा किन अगाडि बढेनै यसका बारेमा शिर्ष दल , सरकार सरोकारवालाहरु चिन्तित हुन जरुरी छ ।  त्यसैले पनि देशको विकासले गति लिन नसकेको हो भन्ने कुरा सबैले बुझन जरुरी छ । हामी जुटौं देशको आर्थिक क्रान्तीका लागि ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्